एसईईको मुखैमा जुम्लामा आगलागी : १४ वर्षीय विद्यार्थीको ज्यान गयो

गाेल्डेन बुढा
जुम्ला,१४ चैत।
एसईई परीक्षाको पूर्वसन्ध्यामा एक किशोरले जीवन गुमाएको घटनाले कर्णालीको दुर्गम यथार्थ फेरि उजागर गरेको छ। तिला गाउँपालिका–३, कुडारीका १४ वर्षीय दिपेश खत्री शनिबार मध्यराति आफ्नै घरमा लागेको आगलागीमा परेर ज्यान गुमाएका हुन्।प्रहरीका अनुसार राति करिब २ बजे दुईतले, जस्ताले छाएको कच्ची घरको भुइँतलाबाट अचानक आगलागी सुरु भएको थियो। घरमा अन्य कोही नभएको अवस्थामा एक्लै रहेका दिपेश आगोको चपेटामा परेका थिए। स्थानीय र प्रहरीको संयुक्त प्रयासमा करिब २:५० बजे आगो नियन्त्रणमा आए पनि त्यतिबेलासम्म धेरै ढिलो भइसकेको थियो।आगो निभाउने क्रममा घरको दोस्रो तलामा रहेको कोठामा दिपेश मृत अवस्थामा फेला परेका थिए। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय जुम्ला बाट प्रहरी निरीक्षक निर्देश बरालको नेतृत्वमा टोली पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। शवलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मा पोस्टमार्टमका लागि राखिएको छ।प्रहरीको प्रारम्भिक निष्कर्षअनुसार अन्न प्याक गर्ने क्रममा बालिएको क्यान्डिल ननिभाई सुत्दा आगलागी भएको हुनसक्ने देखिएको छ। तर, यो निष्कर्षले मात्र घटनाको गहिराइ समेट्दैन।दिपेशको मृत्यु केवल एक दुर्घटना होइन, दुर्गम बस्तीमा सुरक्षित आवास, विद्युत् पहुँच, र आगलागी सचेतनाको अभावको प्रतीक पनि हो।

जुम्लाका धेरै गाउँमा अझै पनि दैनिक कामकाजका लागि क्यान्डिल वा परम्परागत बत्तीमा निर्भर रहनुपर्ने बाध्यता छ, जसले यस्ता दुर्घटनाको जोखिम बढाइरहेको छ।अर्कोतर्फ, एसईई परीक्षाको तयारीमा रहेका एक विद्यार्थीको यस्तो असामयिक निधनले शिक्षा र सुरक्षाबीचको सम्बन्धमाथि गम्भीर प्रश्न उठाएको छ। चैत १९ गतेदेखि सुरु हुने एसईईका लागि तयारी गरिरहेका दिपेशजस्ता हजारौँ विद्यार्थीमध्ये एकको सपनासँगै एउटा परिवारको आशा पनि खरानी बनेको छ।यो घटना स्थानीय तह र सरोकारवाला निकायका लागि चेतावनी मात्र होइन, दुर्गम क्षेत्रमा आधारभूत सुरक्षा मापदण्ड लागू गर्ने आवश्यकताको कठोर संकेत पनि हो।

एसईईको मुखैमा जुम्लामा आगलागी : १४ वर्षीय विद्यार्थीको ज्यान गयो

“‘केपी ओली इज द केपी ओली’ भन्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds