कोहलपुर  गोल्डकप वैशाख १९ देखि: खेलसँगै पर्यटन प्रवर्द्धनको लक्ष्य

१३, चैत २०८२
बाँके । बाँकेको कोहलपुरमा आयोजना हुँदै आएको कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको मिति सार्वजनिक गरिएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता आगामी वैशाख १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको हो।
कोहलपुर–११ स्थित तेह्र विगाह खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा यस वर्ष कुल ८ टोली सहभागी हुने आयोजकले जनाएको छ। आयोजक समितिका निर्देशक कर्ण बहादुर बस्नेतका अनुसार ‘ए’ डिभिजनका ३ क्लब, २ विदेशी टोली तथा आयोजकसहित मोफसलका ३ क्लबको सहभागिता रहनेछ।
प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँ र उपविजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडीहरूलाई विधागत रूपमा आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
खेलसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फाइनलमा पुग्ने दुई टोलीलाई बाँके राष्ट्रिय निकुञ्जमा ‘जङ्गल सफारी’ गराउने योजना रहेको छ। यसका साथै स्थानीय होमस्टेमा बसोबास तथा मौलिक खानपानको अनुभवसमेत गराइने कार्यक्रम तय गरिएको छ।
यस वर्षको प्रतियोगितालाई थप व्यवस्थित र व्यावसायिक बनाउन व्यवस्थापन तथा मार्केटिङको जिम्मेवारी ईश्वरी युनाइटेड प्रा.लि.लाई दिइएको छ। कम्पनीका अध्यक्ष सौगात विक्रम शाहले प्रतियोगिताको तयारी तीव्र रूपमा अघि बढाइएको जानकारी दिए।

विगतका संस्करणहरूको सफलतापछि यसपटक खेलकुदलाई पर्यटनसँग जोड्दै नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखिएको निर्देशक बस्नेतले बताए। उनका अनुसार खेल तालिका र मुख्य प्रायोजकसम्बन्धी थप विवरण चाँडै सार्वजनिक गरिनेछ।
कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता पौडेलले स्थानीय स्तरमा खेलकुदको विकास र पहिचान स्थापित गर्न प्रतियोगिता कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरिन्।
कार्यक्रमको अध्यक्षता आयोजक रेसिङ सहारा क्लबका वरिष्ठ उपाध्यक्ष सन्तोष बम मल्लले गरेका थिए।

कोहलपुर  गोल्डकप वैशाख १९ देखि: खेलसँगै पर्यटन प्रवर्द्धनको लक्ष्य

६ करोड लगानीमा सुर्खेतमा ‘डीएफसी एयरपोर्ट होटल’

कोहलपुर  गोल्डकप वैशाख १९ देखि: खेलसँगै पर्यटन प्रवर्द्धनको लक्ष्य

“‘केपी ओली इज द केपी ओली’ भन्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds