६ करोड लगानीमा सुर्खेतमा ‘डीएफसी एयरपोर्ट होटल’ सञ्चालन, पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

सुर्खेत ,१३ चैत ।

वीरेन्द्रनगर–१२ स्थित एयरपोर्ट क्षेत्रमा करिब ६ करोड रुपैयाँको लगानीमा ‘डीएफसी एयरपोर्ट होटल’ सञ्चालनमा आएको छ। राम नवमीको अवसर पारेर होटलले शुक्रबारदेखि औपचारिक रूपमा सेवा सुरु गरेको हो।
प्रबन्ध निर्देशक बसन्ती के.सी. तथा महाप्रबन्धक बम बहादुर भण्डारीको नेतृत्वमा सञ्चालनमा आएको उक्त होटलले आधुनिक सुविधा सहित आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेको जनाएको छ। होटलमा २१ वटा सुविधासम्पन्न कोठा रहेका छन्, जसमा डिलक्स र सुपर डिलक्स श्रेणीका कोठा उपलब्ध छन्। कोठाको शुल्क १५०० देखि ३००० रुपैयाँसम्म निर्धारण गरिएको छ।


होटलमा एयरपोर्ट पिकअप तथा ड्रप सेवा, आधुनिक लाइट बार, कन्फ्रेन्स हल, २४ घण्टा सेवा, निःशुल्क वाइफाइ तथा पर्याप्त पार्किङ सुविधा उपलब्ध गराइएको छ।
महाप्रबन्धक भण्डारीका अनुसार होटलले कर्णाली क्षेत्रका अर्गानिक तथा स्थानीय परिकारलाई विशेष प्राथमिकता दिनेछ। मार्सी चामल, फापरको रोटी, कोदोको ढिँडो, सिस्नु तथा लोकल कुखुराको मासुजस्ता परिकार मेनुमा समावेश गरिनेछन्।
होटल सञ्चालनसँगै करिब १५ जनाले प्रत्यक्ष रोजगारी पाउने भएका छन्। साथै, निकट भविष्यमै स्पा सेवा र स्विमिङ पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको होटल व्यवस्थापनले जनाएको छ।


यसका साथै, रारा ताल तथा कैलास मानसरोवर यात्रा गर्ने पर्यटकलाई लक्षित गरी विशेष सेवा प्रदान गर्ने योजना पनि अघि सारिएको छ।
होटलले स्वच्छता, गुणस्तर र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। होटल सञ्चालनसँगै सुर्खेतको पर्यटन प्रवर्द्धन तथा स्थानीय रोजगारी सिर्जनामा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

६ करोड लगानीमा सुर्खेतमा ‘डीएफसी एयरपोर्ट होटल’ सञ्चालन, पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

कोहलपुर  गोल्डकप वैशाख १९ देखि: खेलसँगै पर्यटन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds