कर्णाली प्रदेशमा आठ सय ६१ क्षयरोगी भेटिए

सुर्खेत, १३ चैत । 

कर्णाली प्रदेशका १० जिल्लामा चालु आर्थिक वर्षको आठ महिनामा ८६१ जना क्षयरोगी भेटिएका छन् । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका क्षयरोग तथा कुष्ठरोग अधिकृत पदमबहादुर केसीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १ हजार ७१४ क्षयरोगी भेटिएकामा आव २०८१/८२ मा घटेर १ हजार ५३९ भेटिएका थिए ।

चालु आर्थिक वर्षमा सुर्खेतमा २९६, हुम्लामा १९, सल्यानमा १०४, जाजरकोटमा १०१, रुकुम पश्चिममा ९२, दैलेखमा ८३, कालिकोटमा ४६, जुम्लामा ४५, डोल्पामा २१ र मुगुमा १९ जना बिरामी पत्ता लागेको उनले जानकारी दिए । हाल प्रदेशमा ४१५ क्षयरोग उपचार केन्द्र, दुई ‘एमडीआर’ उपचार केन्द्र र १० वटा विशेषज्ञ केन्द्र सञ्चालनमा छन् ।

कर्णाली प्रदेशमा आठ सय ६१ क्षयरोगी भेटिए

जीविकोपार्जन सुधारका लागि भैँसीपालन कार्यक्रम’ 

कर्णाली प्रदेशमा आठ सय ६१ क्षयरोगी भेटिए

गुडिरहेको एम्बुलेन्सभित्रै चिकित्सकले उपचार गरेपछि…

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds