सम्पादकीय : नागरिकको विश्वास जित्ने गरी काम गर !

सुर्खेतकी १६ वर्षीया किशोरी इनिशा विक मृत्यु प्रकरणमा नेपाल प्रहरीले अनुसन्धान टुङ्गोमा पुर्‍याएको छ । गएको २३ फागुनमा विद्यालय जान भन्दै घरबाट निस्किएकी इशिना वीरेन्द्रनगर नगरपालिका–४, स्थित जंगलमा अचेत अवस्थामा फेला परेकी थिइन । उक्त घटनामा संलग्न रहको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका थियो । प्रहरीले इनिशाको मृत्युको कारण उनका प्रेमि भनिएका १६ वर्षीय अनमोल गौलीलाई मुख्य अभियूक्त बनाएको छ ।

उनीमाथि जबरजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धि मुद्दा चलाइएको छ । अन्य तीन जनालाई पनि इनिशाको ज्यान जोगाउन भूमिका नखेलेको भन्दै कर्तव्य ज्यान सम्बन्धि मुद्दा प्रहरीले चलाएको छ । झण्डै १९ दिन लगाएर प्रहरीले गरेको अनुसन्धान प्रतिवेदन सरकारी वकील कार्यालयमा पेश भएको छ । उक्त अनुसन्धान प्रतिवेदन अध्ययन गरेर सरकारी वकील कार्यालयले अदालतमा अभियोग दर्ता गराउने छ ।

इनिशा विक मृत्यु प्रकरणमा देखिएका अनेक आशंकाका बीच प्रहरीले आफ्‌नो प्रारम्भिक अनुसन्धान सकेको छ । प्रहरीले आफन्तहरुले दावी गरेअनुरुप सामुहिक बलत्कारपछि हत्या नभएको निषकर्ष निकालेको छ । उनका प्रेमी संकेत गरिएका मुख्य अभियूक्त अनमोल गौलीले इनिशासँग गरेको बलजफ्‌ती शारीरिक सम्बन्धपछि भएको अत्याधिक रक्तश्रापपछि मृत्यु भएको प्रहरीको निषकर्ष छ । तर परिवारका सदस्यहरुले अझै विश्वास गरिसकेका छैनन् । यो राज्य र नागरिकबीचको अविश्वासको ठुलो खाडल हो । प्रहरीले आफ्‌नो दक्ष जनशक्ति र उच्च प्रविधिबाट मृत्युको वैज्ञानिक कारण खोजेको दावी गरिरहदा परिवारका सदस्यले विश्वास नगर्नु राज्यका न्याय निरुपण गर्ने निकायले विगतमा गरेका कमजोरीका प्रतिक हुन् । यसअघि पनि यस्तै प्रकृतिका घटनामा अनुसन्धान गरी न्याय निरुपण गर्ने राज्यका निकायले देखाएको गैरजिम्मेवारीपनको साइड इफेक्ट इनिशा मृत्यु प्रकरणमा देखिनु दुखद् हो । प्रहरीले अनुसन्धान सक्काएर प्रतिवेदन सरकारी वकील कार्यालयमा पेश गरिसक्दा परिवारका सदस्यले इनिशाको शव बुझ्‌न नमान्नुले राज्यको न्याय दिने प्रणालीसँग नागरिक कति असन्तुष्ट छन् भन्ने विषय प्रष्ट पार्दछ । यस घटनामा अर्को महत्वपूर्ण विषय घटनास्थलमा पुगेकै भरमा ज्यान मार्ने जस्तो अभियोग चलाइनुलाई उपयूक्त मान्ने वा नमान्ने भन्ने विषय सतहमा आएको छ ।

प्राप्त सबुत प्रमाणले किटान गर्न नसकेको अवस्थामा मुद्दा चलाइन हुन्थ्यो वा हुन्थेन भन्ने विषय भोलीका दिनमा सम्मानित अदालत बोल्ला नै । यसले घटनाको गम्भीरता देखाउँछ, तर आरोपको प्रकृति र घटनाको वास्तविकता बीचको अस्पष्टता अझै हट्न सकेको छैन । अब यो प्रकरण जिल्ला सरकारी वकिल कार्यालयको अध्ययनमा छ र छिट्टै अदालतमा अभियोगपत्र दर्ता हुने तयारी छ । यही चरण सबैभन्दा महत्वपूर्ण हो । अदालतमा प्रस्तुत हुने प्रमाण, बहस र निर्णयले मात्र सत्यको औपचारिक रूप निर्धारण गर्नेछ । इनिशा विक प्रकरण केवल एक आपराधिक घटना मात्र होइन, यो हाम्रो राज्य संयन्त्रको परीक्षण पनि हो । सत्य खोज्ने क्षमता, न्याय दिने इच्छाशक्ति र नागरिकको विश्वास जोगाउने जिम्मेवारी न्यायीक निकायले कसरी पुरा गर्छन, त्यो हेर्न बाँकी छ । इनिशा मृत्यु प्रकरणको न्याय निरुपण कुनै पनि कारणले प्रभावित हुनुहुँदैन । अभियूक्तहरुलाई कसुरु बमोजिम कडाभन्दा कडा सजाय दिइनु पर्दछ । यो अहिलेको सामान्य सत्य मात्र होइन, नागरिकको अपेक्षा पनि हो ।

सम्पादकीय : नागरिकको विश्वास जित्ने गरी काम गर !

संरक्षण बहससँगै जुम्लामा धान दिवस मनाइयो

सम्पादकीय : नागरिकको विश्वास जित्ने गरी काम गर !

एक वर्षपछि खेलकुद परिषद्ले पायो पूर्णता :

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds