२०८२ फाल्गुन २८ गते
×

Now Playing

उज्यालो दिने पातारासीकाे गडिगाउँ

गाेल्डेन बुढा

जुम्ला,१३ माघ।

कर्णालीमा उज्यालो सधैं सजिलै आएको होइन।यहाँ अँध्यारो केवल बत्ती नहुँदा मात्र थिएन।राज्य नपुग्दा, योजना नआउँदा, आवाज नसुन्दा पनि अँध्यारो थियो। जुम्लाको दुर्गम पातारासी गाउँपालिका -१ को गढिगाउँ त्यही अँध्यारोको एउटा उदाहरण थियो। खोलो थियो, पानी थियो, बहाव थियो। तर राज्यको दृष्टि थिएन।आज यही गाउँ जुम्लाको उज्यालो बाँडिरहेको छ।चुकेनी जलविद्युत आयोजनाबाट उत्पादन भएको ९ सय ९८ किलोवाट बिजुलीले सदरमुकामसहित धेरै गाउँहरूमा बत्ती बलेका छन्। बत्ती बल्दा मानिसहरूले स्विच थिच्छन्। तर,त्यो स्विचभित्र एउटा लामो कथा लुकेको छ।जो खोलो तर्दै सुरु हुन्छ।नरेश भण्डारी त्यतिबेला सांसद थिए। फाइल, बहस र बैठकको दुनियाँबाट टाढा, एक रात गढिगाउँमा बास बस्नुपर्‍यो। भोलिपल्ट बिहान खोलो तर्दै गर्दा उनले चुकेनी खोलाको आवाज सुने। त्यो आवाज केवल पानीको थिएन,सम्भावनाको थियो।“यो खोलाले उज्यालो दिन सक्छ,”त्यो दिन भनिएको यो वाक्य कुनै भाषणको अंश थिएन।

त्यो एउटा निजी डायरीको पाना थियो।त्यो क्षण न बजेट सुनिश्चित थियो, न प्राविधिक टोली। थियो त केवल मनभित्र एउटा प्रश्न?त्यही प्रश्न राजनीतिक संकल्पमा बदलियो।चुकेनी जलविद्युत आयोजना आज एउटा आयोजना मात्र होइन।यो कर्णालीले आफ्नै स्रोतमा भरोसा गर्न सक्ने प्रमाण हो।९ सय ९८ किलोवाट बिजुली ठूलो संख्या नलाग्न सक्छ। तर,कर्णालीका लागि यो आँकडा होइन्। एउटा गर्विलाे पहिचान हो। यसले देखायो कि विकास सधैं काठमाडौँको फाइलबाट मात्रै जन्मिँदैन। कहिलेकाहीँ खोलोको किनारबाट पनि जन्मिन्छ।ज्वलन्त उदाहरण,दुर्गम गढिगाउँका बत्तीहरू बल्दा त्यो केवल उज्यालाे आत्मसम्मान बल्छ।आज नरेश भण्डारी यही गढिगाउँ फर्किएका छन्। हातमा योजना, मुखमा आग्रह र स्मृतिमा त्यो पुरानो बिहान।“मैले देखेको सपना आज उज्यालो बनेको छ,” उनी भन्छन्, “अब यो उज्यालो निरन्तरता चाहन्छ।”फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उनले नेपाली कम्युनिष्ट पार्टीलाई मत दिन अपिल गरेका छन्। तर, उनको राजनीतिक तर्क भावनामा मात्र अडिएको छैन।उनका अनुसार अब कर्णाली साना–साना बजेटको मागकर्ता भएर बस्न सक्दैन।“कर्णाली केन्द्रित विकास कानुनबाट सुनिश्चित हुनुपर्छ,” उनी भन्छन्, “राज्यलाई बाध्य बनाउने कानुन बिना यहाँ परिवर्तन सम्भव छैन।”भण्डारीको एजेण्डा केवल बिजुलीमा सीमित छैन। कर्णाली खस संस्कृतिको मुहान र नेपाली भाषाको उद्गमस्थल भएकाले सांस्कृतिक राजधानीको बहस सुरु गर्नुपर्नेमा उनी जोड दिन्छन्।

सिंजा सभ्यता विकास प्रतिष्ठान सम्बन्धी विधेयक अघि बढाउने प्रतिबद्धता, तिला नदीमा प्रस्तावित ७२ मेघावाट जलविद्युत आयोजना, र कर्णाली केन्द्रित संरचनागत विकास,यी सबै उनका राजनीतिक दाबी हुन्।तर गढिगाउँमा उभिँदा यी सबै एजेण्डा एउटै कथामा मिसिन्छन्।उज्यालोको कथा।साँझ पर्दैछ।गढिगाउँमा फेरि बत्ती बल्छ।बालबालिकाले किताब खोल्छन्।मोबाइल चार्ज हुन्छ।घरभित्र उज्यालो छ।कसैले सम्झिँदैन।यो उज्यालो कसरी आयो।तर कर्णालीको इतिहासले सम्झिरहनेछ।एक दिन खोलो तर्दै देखिएको सपनाले जुम्ला उज्यालो बनायो।

उज्यालो दिने पातारासीकाे गडिगाउँ

कर्णालीका बालबालिका नसर्ने रोगबाट प्रभावित बन्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds