२०८२ फाल्गुन २८ गते
×

Now Playing

नेपाली कम्युनिष्ट पार्टीले कालिकाेटमा एकता सन्देश बैठक संचालन गर्दै

हस्त चाैलागाँई
कालीकोट ,१३ माघ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कालीकोट जिल्ला प्रतिनिधि सभा सदस्यका उम्मेदवार क. महेन्द्र बहादुर शाहीको उपस्थितिमा जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकामा एकता सन्देश बैठक सञ्चालन हुने भएको छ।
पार्टी संगठनलाई सुदृढ बनाउने, चुनावी अभियानलाई प्रभावकारी बनाउने तथा कार्यकर्ता र जनताको बीचमा एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले गाउँ तथा नगरपालिका स्तरीय बैठकहरू आयोजना गर्न लागिएको नेपाली कम्युनिष्ट पार्टिका युवा नेता खेम बहादुर सिंहले जानकारी दिए ।
खेम सिंहका अनुसार अनुसार बैठकहरू पचालझरना गाउँपालिकामा माघ १३ गतेबाट सुरु भई सान्नी त्रिवेणी गाउँपालिका माघ १४ गते, रास्कोट नगरपालिका माघ १५ गते, नरहरिनाथ गाउँपालिका माघ १६ गते, खाँडाचक्र नगरपालिका माघ १८ गते, तिलागुफा नगरपालिका माघ १९ गते, महावै गाउँपालिका माघ २० गते, शुभकालिका गाउँपालिका माघ २१ गते र पलाँता गाउँपालिका माघ २२ गते सम्पन्न हुनेछन्।
यी बैठकहरूमा उम्मेदवार शाहीले पार्टी कार्यकर्ताहरू, स्थानीय नेता तथा जनप्रतिनिधिसँग भेटघाट गर्दै आगामी निर्वाचन, पार्टी नीति तथा कार्यक्रम, स्थानीय विकासका प्राथमिकता र जनताको अपेक्षाबारे छलफल गर्ने कार्यक्रम रहेको छ। साथै, पार्टी संगठन सुदृढीकरण, चुनावी रणनीति र कार्यकर्ता परिचालनका विषयमा पनि विस्तृत छलफल गरिने जनाइएको छ।
बैठकहरू सञ्चालन हुनुअघि सम्बन्धित स्थानीय तहका पार्टी कमिटीहरूमा आन्तरिक छलफल र तयारी बैठकहरू गरिने नेकपाले स्पष्ट गरेको छ। यसबाट पार्टी संगठन थप मजबुत हुने र निर्वाचन अभियानलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्‍याउने अपेक्षा गरिएको छ।
नेपाली कम्युनिष्ट पार्टी कालीकोट जिल्ला समितिले उक्त कार्यक्रमहरूमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।

नेपाली कम्युनिष्ट पार्टीले कालिकाेटमा एकता सन्देश बैठक संचालन गर्दै

हिउँले थुनिएको नाग्म–गमगडी डोजरले खोल्यो

नेपाली कम्युनिष्ट पार्टीले कालिकाेटमा एकता सन्देश बैठक संचालन गर्दै

घुयँत्राे: झण्डा अगाडि, अपराध पछाडि: सरकारको आँखामा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds