२०८२ माघ १२ गते
×

Now Playing

घुयँत्राे:“बा छामियो, देश डामियो ! अब चुनाब कि आन्दोलन ?”

हैन! बालाई सरकारी सुरक्षा निकायले एरपाेटाँ बेस्सी छामछुम पारे रे नि त ! बा रिसायर उधुमछ त ! छामछुम पछि बा त आगाे भाछन त हँ । सरकारलाई धम्कि दिँदै पख अब फागुन २१ साँ चुनाब हुन्छकि आन्दोलन हुन्छ हेर्दै जाम् भनेर रपसले अग्नि पाे भा छन त बुढा । एक त झापा बाकै चुनाब क्षेत्र त्यसाँनि पूर्व प्रधानमन्त्री त्यस्ताे मान्छेलाई के साँच्चै बा ल्यै भन्याझैँ गरे हाेलान त पुलिसले खै मलाई त विश्वाश लागेन है ! कतै बा लाई झापा पाँचाँ बालेनले घुँडै टेकाउने छाँट त ल्याएन त्यै भएर बा फायर भा हाेलान । साँच्चै बाले चुनाब नजित्ने स्थिति भाे भने त बाले आन्दोलनकाे घाेषणा गर्दिननि बेर छैन के । उता यै बेला काँग्रेसी जेनजीहरुले बुढाहरलाई लखेटेर आँफुहरुमात्रै चुनाबाँ जाँदा चुनाब लडन नपाएर भाउन्न भा का नेतारुनि कसैले आन्दोलन गर्द्याभा यै माैकाँ आँफुहरुनि मिस्सिदाँम् भनेर बाटो कुरेर बस्या बेला बा डुकराउन थालेछि उनरलाई त हुनसम्म हाेलाजस्ताे छ त गाँठे ! “के निउ पाम कनिका बुकाम ” भन्ने भै रा बेलाँ आन्दोलन भै दे त उनरका लागि हुनसम्म हुन्थ्याे । हुन पनि बासित जजस्ले गठबन्धन गरेर सरकार चलाथे र सन्सारमै नभा रित,काँग्रेस र कमिनिष्ट एक भएर चुनाब लडने सरकार बनाउने पालैशान्ति देशकाे ढुकुटि सिध्याउने जुन खेल्थ्याे त्यसका सहभागी जति सबै काँग्रेसाट टिकट नपाएछि ऐले तिनका घराँ खैलाबैला मच्याछ, कतै यै खेलका कारण त हैन काँग्रेसीहरुनि याे चुनाबाँ जाेत्तिने बेला भेला गरेर भेलाँ मच्चिने कुरा गर्दैछन । त्यैले निकाे छाँट देखिन्नहै ज्वानाै देश त भडखालाँ जाक्कियला जस्ताे पाे छ त! हुन त ३५ बर्षदेखि देश भड्खालाँ जाक्किया जाक्यैछ । अँझ भएन भनेर जेनजी आन्दोलनका नाममा देशलाई डढाएर खरानी बनाउनेहरुनै चुनाबकाे बहानाँ पुराना दललाई सिध्याउन तम्स्याछन बुढापुराना जतिलाई चुनाबाँ बढारेर आफ्नाे मात्रै रजाईँ चलाउने थिति ल्याए भने त देश र जनताकाे झन विचल्लि हुने निश्चितैछ ।यसकारण याे चुनाब भन्या शंकटकै चुनाब हाे भन्दानि हुन्छ । विना उदश्य र बिना प्लान देश खरानी बनाएर मात्रै देश बन्छ भन्ने जेनजीहरकाे आन्दोलन पछि त चुनाबमा झन अपराधी र भ्रष्टहरुले मात्रै चुनाब जित्छन जस्तो पाे छ त ! अनि यस्तो अबस्थाँ साँच्चिकै चुनाबबाट देश बनाउन आउनेले झन अपराध र भष्टाचारकाे बाटाे मात्रै काेरे भने त्याे बाटाड हिन्दा जनता र देश काँ पुग्ने हुन कतै उपाए देखिँदैन । जनता भनेका भेडै हुन यिनले आफ्नै विबेकले यल्लाई भाेटहाल्नु पर्छ यसले देश र जनताकाे हित गर्छ भनेर भाेटै हाल्दैनन यीन्ले त लहलहैमा भाेट हाल्ने हुन । अनुभबि र खारिएकालाई नेता बनाउन सके पाे देश बन्छ फेरि पनि तिनै भ्रष्टलाई ल्याए भने तिनका शासन कालाँ त झन प्लेन चढदा मात्रै हैन कि सडकाँ हिँडदा हिँडदैनि पाकेट छामेर हैरान पार्नेछन त्यसैले याे जेनजी सरकार, जेनजी चुनाब र जेनजी वितण्डाट पार लाग्न सकियन भने जङ्लराज मा अभ्यस्त हुनै पर्छ ।यसकालागि ऐलेबाटै सजग बनाैँ । २ दिनमा देश डढाएर सखाप बनाउनेले ५ बर्षमा के के सखाप गराउलान तपाईं हामीले कल्पनासम्म नि गर्न सक्दैनाैँ । बनाउने भन्दानि विगार्नेकाे जमात बलियाे भएछि त्यसलाई राेक्न सानाे तिनाे हिम्मत र शाहसले कसरी सम्भब हाेला र ? हेराैँ नेपाली जनताले फागुन २१ मा कस्ताे निर्ण गर्छन ।

घुयँत्राे:“बा छामियो, देश डामियो ! अब चुनाब कि आन्दोलन ?”

हिउँमा पनि घरदैलाे गर्दै: जुम्लाका उम्मेदवारहरु

Leave a comment

Your email address will not be published. Required fields are marked *