आमाको शव फेला, दुई नाबालक सन्तानको अवस्था अज्ञात

सुर्खेत, ३ चैत ।
दुई नाबालक सन्तान सहित भेरी नदीमा हामफालेकी आशंका गरिएकी आमाको शव फेला परेको छ । दुई सन्ताको अवस्था भने अझै अज्ञात छ । सुर्खेतको गुर्भाकोट गाउँपालिका–१२ पिप्लेकी ३८ वर्षीया माया कठायतको शव सोमबार बेलुकी नदीमा फेला परेको हो ।
उनका दुई सन्तानहरू ११ वर्षीया छोरी र ५ वर्षीय छोराको अवस्था अझै अज्ञात छ । श्रीमती सहित आफ्ना दुई सन्तान बेपत्ता भएकोबारे ३७ वर्षीय श्रीमान भूपेन्द्र कठायतले आइतबार बेलुकीपख प्रहरी चौकी गुमीमा खबर गरेका थिए । त्यसपछि स्थानीय र प्रहरीले उनीहरूको खोजी थालेका थिए ।
सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार सोमबार दिउँसो जिल्लाको लेकबेँसी नगरपालिका–३ पटारेस्थित भेरी नदीमा मायाको शव फेला परेको हो । गुर्भाकोट नगरपालिका १२ का वडाध्यक्ष तुल्सीप्रसाद शर्माका अनुसार श्रीमान–श्रीमतीको सामान्य विवादपछि माया कठायत बालबच्चा लगेर लेकबेसी–३ पटारेस्थित काकाको घरमा तीन दिनअघि गएका थिए ।
भूपेन्द्र रिसाएर गएकी श्रीमती माया र सन्तानलाई ल्याउन भनेर काकाको घरमा शनिबार दिउँसो पख पुगेका थिए ।  तर, मायाले आइतबार बिहान मात्रै घर फर्किने भन्दै श्रीमानलाई फकाइदिएकी थिइन् ।
वडाध्यक्ष शर्माका अनुसार श्रीमानसँगको सहमति अनुसार आइतबार बिहानै माया सन्तानसहित घरतर्फ जान भनेर लागेकी थिइन् ।  तर, उनी घर पुगिनन् । घरदेखि तीन किलोमिटर टाढा भेरी नदी किनारमा कपडा, सल, चप्पल, झोला र एउटा मोबाइल फेला परेपछि आशंका पैदा भएको थियो । त्यसैले खोजी थालिएको थियो । खोजीका क्रममा सोमबार मायाको शव फेला परेको हो ।  प्रहरीले घटनाबारे थप अनुसन्धान हुन जारी रहेको बताएको छ ।
आमाको शव फेला, दुई नाबालक सन्तानको अवस्था अज्ञात

जुम्लामा ३३०.२८ हेक्टरमा डढेलोबाट वन क्षति

आमाको शव फेला, दुई नाबालक सन्तानको अवस्था अज्ञात

कर्णालीबाट छानिए चार  महिलासहित पाँच समानुपातिक सांसद

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds