विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ, २३ चैत । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका पठाउने भन्दै रु ७३ लाख ७० हजार ठगी गर्ने चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका–७ का ५२ वर्षीय कर्णबहादुर राउत, जिल्ला तनहुँ भानु नगरपालिका–१२ का ४२ वर्षीय आनन्द थापा, नवलपरासी (पूर्व) कावासोती नगरपालिका–३ की ३९ वर्षीया राधिका पाठक पौडेल तथा मोरङ सुन्दर हरैचा नगरपालिका–३ का ४७ वर्षीय तिलक परियार रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

उनले भने, “पक्राउ परेकामध्ये राउतले फिनल्यान्ड पठाउने भन्दै रु ५७ लाख, थापाले माल्टा पठाउने भन्दै रु चार लाख ५० हजार, पौडेलले फिनल्यान्ड पठाउने भन्दै रु चार लाख २० हजार तथा परियारले सर्विया पठाउने भन्दै रु आठ लाख लिई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।” पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए ।

विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ

डिजेल र पेट्रोलका सवारीलाई विद्युतीय गाडीमा परिणत

विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच महिनापछि

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds