२०८२ फाल्गुन २८ गते
×

Now Playing

प्रतिनिधिसभा निर्वाचन ५९ दिन बाँकी : आयोगले तोक्यो निर्वाचन अधिकृत 

काठमाडौँ, २२ पुस । 
निर्वाचन आयोगले ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रुपमा तोकेको छ । आयोगले ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको थियो । आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकिएको छ । यही पुस २५ गतेदेखि लागू हुने गरी प्रतिनिधिसभा सदस्य ऐन, २०७४ को दफा ८ बमोजिम न्याय परिषद्को परामर्शमा ८८ जनालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएको थियो ।
आयोगका अनुसार यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आगामी माघ २ गतेदेखि आफ्‌नो निर्वाचन क्षेत्रमा खटिन निर्देशन दिइएको छ । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनका कार्यक्रम सञ्चालन गर्न आयोगले आग्रह गरेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ ।
प्रतिनिधिसभा निर्वाचन ५९ दिन बाँकी : आयोगले तोक्यो निर्वाचन अधिकृत 

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’ 

प्रतिनिधिसभा निर्वाचन ५९ दिन बाँकी : आयोगले तोक्यो निर्वाचन अधिकृत 

भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा रु १३ करोड

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds