उच्च अदालत तुलसीपुरको इजलास कक्ष भवन हस्तान्तरण

दाङ, १९ चैत । 

तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको उच्च अदालत तुलसीपुरको इजलास कक्ष भवन आज हस्तान्तरण गरिएको छ । नगरप्रमुख टिकाराम खड्काले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश  राजेश्वर तिवारीलाई भवन हस्तान्तरण गरेका छन् ।

नगर प्रमुख खड्काले नगरपालिकाको भवन पूर्ण रूपमा ध्वस्त भएपछि आफूहरूले पाल टाँगेर सेवा प्रवाह गरेको र अदालतको अवस्था पनि त्यस्तै भएकाले नागरिकलाई सेवा प्रवाह गर्न सहज होस् भन्ने उद्देश्यले अदालत परिसरमा रु १५ लाखको लागतमा भवन निर्माण गरिएको बताए ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा अदालतको भवन पूर्ण रूपमा क्षतिग्रस्तपछि गाडी राख्ने ग्यारेजमा अस्थायी टहरा निर्माण गरी सेवा प्रदान भइरहेको छ ।  त्यस अवसरमा मुख्य न्यायाधीश राजेश्वर तिवारीले अदालतका संरचना पूर्ण रूपमा जलेर ध्वस्त भए पनि  सेवा प्रवाह नरोकिएको बताए ।

सङ्कटको कठिन समयमा उपमहानगरपालिकाले गरेको सहयोगप्रति उहाँले धन्यवाद ज्ञापन गरे । बिहिबारनै उपमहानगरपालिकाले सोही अदालतलाई रु छ लाख मूल्य बराबरका फर्निचर सामग्री पनि सहयोग गरेको छ ।

उच्च अदालत तुलसीपुरको इजलास कक्ष भवन हस्तान्तरण

न्याय निरुपण गर्ने निकायमाथि नागरिकको अविश्वास २७

उच्च अदालत तुलसीपुरको इजलास कक्ष भवन हस्तान्तरण

पर्यटकको रोजाइमा ‘पुरन्धरा झरना’

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds