चितवनमा बस दुर्घटना, ३३ जना घाइते

चितवन,१४ कार्तिक ।

गौरबाट काठमाडौंतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।
यहाँस्थित सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरुको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्‍याइएको छ । घाइते सबैको अवस्था सामान्य छ ।
दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडक केहीबेरअघिदेखि सञ्चालनमा आएको छ ।

 

चितवनमा बस दुर्घटना, ३३ जना घाइते

ड्रागन फ्रुटतर्फ आकर्षित बर्दियाका किसान : आम्दानी

Leave a comment

Your email address will not be published. Required fields are marked *