घुयँत्राे:“आज गुण्डु, भोलि पार्टी अफिस, पर्सि अदालत—ओलि बा कुन मोडेलको चल्दैछन?”

ओलि बा नि मान्छे खत्तम रैछन यार ! देशकाे सबभन्दा ठूलाे पाटिकाे अध्यक्ष र बेलाबेलाँ प्रधानमन्त्री भकाे भै गर्ने मान्छे भएर नि बाेलिमा एउट्टा ठेगान नाइँ के । जेनजी आन्दोलन भएर बा लाई भागाभाग र लुकालुक भएछि एक्कासी भक्तपुरकाे गुण्डुमा आफ्नो बाहान महेश बस्नेतकाे संरक्षणमा देखा परेका बाले गुण्डुबाटै दिनहु जेनजी र प्रधानमन्त्री सुशिला कार्किलाई गालि गर्दै यस्ता उदण्ड र विध्वंसकारीले गर्या आन्दोलनलाई राजनीतिक आन्दोलन नि नमान्ने र गैर सम्बैधानिक विदेशिले बना सरकारले गर्नला चुनाबाँ आफ्नो पाटिले भाग नलिने कुराकाे ग्यारेन्टी गर्दै कार्यकर्तालाईनि त्यस्तै निर्देशन गरि सरकार र जेनजीकै विरुद्ध विराेध सभाहरु ७७ जिल्लाँ सन्चालन गर्दै झाेलेहरु परिचालन गरि रा बेलाँ मंगलबार मात्रै निर्वाचन आयाेगाँ दल दर्ता र सर्वाेच्चाँ संसद पुनर्स्थापना गर्न एक्कै दिन कार्यकर्ता खटाएछन तनि ।

हैन बा मान्छे एक नम्बर तानाशाह,निरंकुश,जिद्दी र हठि छन उनले कुनै कुराँ अडान लिए भने लिए लिए उनकाे चट्टानि अडानलाई उनकि राधापियारीले ताेडाउन सक्दिनन भन्ने चर्चा थियाे र सबै त्यसैमा विश्वास गर्थे । त्यति मात्र हाे र जब चुनाब लडदिन भनेर बाले गर्जन हालेनि तब सुशिला आमानि साँच्चिकै देशकाे ठुलाे पाटि एमालेले नै चुनाबाँ भाग लिन्न भनेछि कसरी चुनाब गराउने हाेला भनेर दिक्क मानिरा बेलाँ अब बाले नै कार्यकर्ता खटाएर दल दर्ता गरेछि मंगलबाराट त सुशिला आमालाई त हाई सुख्खै भा हाेला हगी । बा काे भाग्य र बानी ब्यहाेरानि गतिलाे छैन के ! उनले जे गर्छन खालि गालिखाने काम मात्रै गर्छन के हिजाेसम्म हठि र आन्दोलनकाे अपराधी अनाहकाँ ७६ जना बालबच्चा ज्यान लियाे त्यति धेरै मान्छे मार्दा नि आफ्नो दम्भ छाेेडेन भनेर गालि गरे,त्यसपछि फेरि अब चुनाब भाँडन लायाे न पदबाट राजीनामा दिएर आन्दोलनकाे सम्मान गर्याे न पाटिपुस्तान्तरण गर्याे भनेर जनताले गालि गर्नसम्म गरे तर नि ती थालिनि पचाए तर बाले पाटि कसैका हाताँ नदेर आउने मंशिर २७ देखि २९ सम्म महाधिवेशन , यसाँ म फेरि अध्यक्षाँ उठछु अरु काेहि उठन पाउन्न र मैले जे भन्याे त्याे मात्रै निर्णय हुन्छ, मेराे उद्घाटन भाषणबाटै अधिवेशन सक्ने र म निर्विरोध हुने हाे भनेर कार्यकर्ता माझाँ कुरा राखे, कार्यकर्ताले त हुन्छ भने , नभनम र आफ्नो कुरा राखम्त रावल ,माधव नेपाल अनि विद्या भण्डारीकाे जस्ताे हालत गराई दे भने के गर्ने ? बिचरा कार्यकर्ता चुप । तर, जनताले भने सडकाट गालि गर्न छाडेनन र सडकाँ पाेष्टर टाँसेर त्यै पाेष्टराँ थुकेर, कुचेर, पाेलेर समेत गालि गर्न छाेडेनन । तर बा लाई त्यस्ता गालिलेनि केइ गरेन अनि फेरि चुनाबा भाग लिन्न ,सदन पुन स्थापना गर्न अदालत जान्छु भनेर अड्डि कसे । त्यै अडनाँ आफ्नो “बाहन” महेश बस्नेतलाई जिल्लाँ जेनजी र सरकार विरुद्ध गालि गर्न पठाए । अनि त्याे बाहनले नि सिमरा हुँदै विराटनगर र सुर्खेताँ पुगेर आफ्नो चरित्र उदाङ्ग बनाएर काठमाडौं आईपुग्दा नपुग्दै बाले फेरि अब चुनाब लडने भनेर दलदर्ता गर्न पठाएछि बा का यी हर्कत देखेर झाेलेहरुनि नखाईकनै टन्न अघाएकि जस्तो छ ।

उता नेपाली जनता भनाउँदाहरु हाेलातनि याे मान्छेले कुनै कुराँ अडान लियाे भने छाेडदै छाेडदैन यस्तामुर्खजति कसैले सक्दैन ! साच्चै चुनाब हुन्न कि त भनेर जनता जनार्दनहरु कत्तिनि चुनाबि मुडतिर नगैराबेलाँ फेरि चुनाब आयाेगाँ दल दर्ता गराउन गएछि अब फेरि ओलिले चुनाब लडदैन भनेर भन्दा जनताले हाेलातनि भनेर पत्याउलान त ! पाटि अध्यक्ष ओलिका बेलाबेलाँ फेरिएकाे फेरियै गर्ने यी कुराले त कल्ले हाे “एमाले भन्या पिँधनभा लाेटा हाे ” भन्थे साँच्चै हाेईच कि क्या ? !
” बिरसिक्का”

घुयँत्राे:“आज गुण्डु, भोलि पार्टी अफिस, पर्सि अदालत—ओलि बा कुन मोडेलको चल्दैछन?”

घुयँत्रो: “डन, चेक र जेनजीको दौडधूप—दिपक खड्का

Leave a comment

Your email address will not be published. Required fields are marked *