घुयँत्राे:”दलहरूकाे नयाँ नीति: चुनाव नजाने, कुर्सी नछोड्ने, जनता मात्र झुक्याउने!”

हैन ! यी दलका नेताहरले चुनाउ गराउने भन्दानि नगराउने कुराँ पाे चिन्ता गर्या देखिन्छ त! ल ! एमालेका अध्यक्षकाे त आन्दोलनले पदै खाएर सडकाँ ल्याईद्याे अनि त्यै रिसले चुनाबाँ जान्नम भनेर घुर्कि लगाछन ।अनि अरु दलचाइँ किन त्यै ओलिकै लाेलिमा बाेलि मिलाहुन कुन्नि । यता निर्वाचन आयाेगले माघ ६ गत्याट लागू हुनेगरि चुनाबि कार्यक्रम ल्याईसक्याे तर दलहरु चुनाउका लागि वराट पर सर्ने छाँट देखिन्न यार ! कित अब चुनाबसुनाब नगराउने यिनै कार्कि आमाकाे स्टायलले सरकार चलाउने दाउमा छन कि क्या ! हुन पनि याे दलका नाममा सरकार चलाएर भष्टाचार र बेथितिकाे डङ्गुर थुपार्न भन्दा त बिना दलकाे सरकार बनाउने जल्ले राम्रो काम गर्छ त्यल्लाई ओलिजस्ताे नमरुन्जेल उसैलाै सत्ता सुम्पिने अनि अरुले थपडि बजाउने बस्ने गरेनि त भाे नि ! आखिर दलकै नाममा देश बर्बाद गराए र अन्तर्राष्ट्रिय स्तरमै बदनाम गराईराछन । यस्ता नेता र यस्ता नेताले शासन गर्ने प्रजातान्त्रिक र लाेक तान्त्रिक प्रणालि भन्दा त दलबिनाकाे पूर्ण स्वतन्त्रताकाे शासन प्रणाली बनाउने अनि ब्यक्तिगत हैसियत र दक्षताका आधारमा केही सिमित मान्छे मिलेर सरकार चलाउने ब्यवस्था ल्याउन पाभा हुने हाे ।

साँच्चै यी दलहरु चुनाबाँ नजानेनै हुन भने र अब यिनलाई चुनाउकाे सट्टा दलमाथि प्रतिबन्ध लगाएर यै सरकारले केइदिन शनसन गर्ने र त्यसपछि पूर्ण स्वतन्त्रताका साथ चुनाबमा जाने प्यवस्था गर्न पाए हुन्थ्याे कि ! हाम्ले जे गर्याे त्यै ठिक भनेर सँधैभरि जनतालाई सडकाँ सुत्न बाध्य पार्ने यस्ता पाटिका नेताहलाई ठिक गर्न अब एक चाेटिका लागि याे संसारमै नभाकाे ब्यवस्था लागू गर्न पा भानि हुने हाे के ! संसारका हरेक राजनीतिक प्रणालि प्रयाेग गरेर राजनीति गर्दै आका नेताहरु कुनै पनि राजनीतिक ब्यवस्थालाई राम्रो बनाएर देश र जनताका निम्ति समृद्धिकाे बाटाे खाेल्नु पर्ने ठाँ जस्तो ब्यस्था अपनायनि भष्टाचार बेथिति र दण्डहिनतालाई मात्र केन्द्र विन्दु मानेर त्यै वरिपरि मात्रै घुम्ने गरेछि नेपाली नेताका लागि त संसारकै उत्तम राजनीतिक प्रणालि पनि सबैभन्दा काम नलाग्ने र गयगुज्रेकाे ब्यवस्था पाे बन्न लायाे त ! चाहे जुनसुकै पाटिका नेताले सरकार चलाउन तिनिहरकाे नियतै देश र जनताकाे लागि हैनकि कसरी आफ्नो निजि स्वार्थ पूरा गर्न सकिन्छ र बढिभन्दा बढि पैशा कमाउन सकिन्छ र आफ्नो भविष्य उज्जवल गराउन सकिन्छ त्यतातिर मात्र ध्यान हुन्छ र मान्छे बेच्ने देखि गाँजा बेच्नेसम्मका धन्दामा आँफ्नै राईँ दाइँ हाेस र पैसा कमाउन पाईयाेस भन्ने तिर लागेका हुन्छन भने निर्वाचित नेता बन्न आफ्नो नेतालाई कराेडाैँ रकमकाे बुझाे लाउन पर्ने भा हुनाले नि चुनाब जित्ने नेता भष्चार नगरि बस्नै सक्दैन ।

खासमा कुरै गर्ने हाे भने नेपालकाे चुनाबि प्रणालिमा भागलिने खेलाडि बन्न असाध्यै महंगाे मूल्य चुकाउनु पर्छ । पाटि भित्रकै हरेक प्रतिद्वन्द्वीलाई डेडदुई गुना बढि रकम नेतालाई बुझाएर उमेदवारसम्म बन्न पाउनु भन्या याे गरिविले ढाकेका नेतालाई कम्ति हैन । अनि त्यहाँ भष्टाचार नपलायर बन्साे काँ पलाउँछ तनि । त्यसैले याे देशलाई भष्टाचार मुक्त तराउने हाे भने कम्तिमा १० बर्ष विना राजनीतिक दलका मान्छेले शासन चलाउनु पर्छ । १० बर्षसम्म दलका मान्छे सत्ताँ जान नपाएछि त्यसपछि बल्ल यिनकाे चेतसाताे आउँन सक्छ । त्यसैले नि जेनजीहरकाे बुध्दि पलाछ भने दलवालालाई राजनीतिक रुपमा सरकारमा जाने अबसर नदिएर देश बनाउने निर्णय गर्नु पर्दछ तब मात्र यिनरका सेखि झर्ने छन । त्याे सेखि झार्ने अबसर भनेकाे यै हाे । लाै जेनजीहरु एकपटक जुरुक्कै उठ र यी दलहरुका चुरीफुरी ह्यैँ झारत ।अनि बल्ल हामी पनि स्याब्बास भनम्ला । कि कसाे !

घुयँत्राे:”दलहरूकाे नयाँ नीति: चुनाव नजाने, कुर्सी नछोड्ने, जनता मात्र झुक्याउने!”

बादी समुदायको समुन्नतिका लागि ‘मर्यादाका लागि महिला

Leave a comment

Your email address will not be published. Required fields are marked *