छाडा पशु नियन्त्रणमा नेपालगञ्ज उपमहानगर: ७९ पशुचौपाया काञ्जीहाउस पुर्याइयो

३०, असार २०८२
बाँके ।नेपालगञ्ज उपमहानगरपालिकाले बजार क्षेत्रमा अनियन्त्रित रूपमा छाडा छोडिएका पशुचौपायालाई नियन्त्रणमा लिँदै ७९ वटा पशुलाई काञ्जीहाउस पुर्याएको छ।

वडा नं. २१ स्थित विर्ताको काञ्जीहाउसमा पुर्‍याइएका ती पशुहरूमा ४८ वटा गाई, गोरु, बाच्छा–बाच्छी तथा ३१ वटा घोडा–खच्चड रहेका छन्। नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीका अनुसार बजार क्षेत्रमा छाडा पशुको संख्या बढ्दै जाँदा दुर्घटनाको जोखिम उच्च बनेपछि नगरले एकीकृत रूपमा अभियान सञ्चालन गरेर ती पशुहरू नियन्त्रणमा लिएको हो।

ट्राफिक चोकदेखि राँझा चोकसम्मका सडक तथा बजार क्षेत्रभित्र रहेका छाडा पशुहरूलाई नगर प्रहरीको टोलीले समातेर काञ्जीहाउसमा पुर्‍याएको हो।

छाडा पशुका कारण पैदल यात्रीदेखि सवारी साधनसम्म जोखिममा पर्न थालेपछि उपमहानगरले समय समयमा यस्ता जनावरलाई नियन्त्रणमा लिने कार्य गर्दै आएको छ।

नगर प्रहरीले आम नागरिकलाई बजार क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुर्‍याउन पनि आग्रह गरेको छ।

 

छाडा पशु नियन्त्रणमा नेपालगञ्ज उपमहानगर: ७९ पशुचौपाया काञ्जीहाउस पुर्याइयो

बैजनाथ गाउँपालिकाको ८२ करोडको बजेट सर्वसम्मत पारित,

छाडा पशु नियन्त्रणमा नेपालगञ्ज उपमहानगर: ७९ पशुचौपाया काञ्जीहाउस पुर्याइयो

नेपाली क्रिकेटमा उदाउँदो तारा विपिन प्रसाद शर्मालाई

Leave a comment

Your email address will not be published. Required fields are marked *