घुयँत्राे:“चुनाब सुन्नासाथ झोलेलाई पखाला : एमाले महाधिवेशन कि भागाभाग अधिवेशन ?”
हैन के भाका हुन झाेलेहरु ! महाधिवेशन हुँदैछ उदघाटन सत्र भै सक्याे । बा चुनाबमा जाने कुरा गर्दै हुनुहुन्छ तर विष्णु रिमाल र शंकर पाेखरल जस्ता झाेलेहरु बाका विरुद्ध कसैले उमेदवारी दिनै पाईन्न भनेर उर्लिँदैछन त ! के भा हुन यी भिखारीहरु ! जाे मान्छे चुनाबाँ उठने हाे उसले म चुनाब लडछु चुनाबै जितेर अध्यक्ष बन्छु भन्दैछन तर पाटि झाेले र दलालहरु चुनाब गर्न नपाईने भनेर कार्यकर्ता तर्साउँदैछन । सँधैभरि गुण्डागर्दिकै शैलिमा राजनीति गर्न खाेज्ने यीनरु जेनजी आन्दोलनका बेलाँ चाईँ काँ गा रैछन राे । जेनजीले त्यत्राे आगाे लाउने बेलासम्म नघराट बाहिर निस्कन सक्ने न बाकाे सुरक्षा गर्न सक्ने ,ऐले ह्वाँ बालाई रातारात भागाभाग गरेर ज्यान जाेगाउनै हम्मे पर्याबेलाँ यी कामका न काजका दुष्मन अनाजकाहरु काँ थे ? बालेनि यिनरकाे राम्ररी खाेजि गर्न पर्छ के ! आफ्ना झाेले भन्ने बित्तिकै जे गरेनि नि हुने काँ हुन्छ के ! झाेलेहरुमै पनि बरुती भाेगटे भन्छननि तशि महेश बस्नेत ! तिनले त कमसेकम बाकाे संरक्षण देर जेनजीकै अघि गएर लडन भिडन नसकेनि कमसेकम सामाजिक सन्जालाट त ती जेनजीकाे साताे पुत्लाे ल्याथे ।
त्यतिमात्रै हाे र बाकाे पक्षाँ लाएर हिँडदा ज्यानै जान्छ भने जाआेस भनेर वारादेखि धनगढी ,सुर्खेत र विराटनगरसम्म भाषण गर्दै हिने र सिंगै स्वयंसेवक संगठन खाेलेर बालाई त खुसी बनाछन ।विचरा आन्दोलन पछि बाकाे गासबासकै ठेगान नभा बेला त्यै भाेगटे उर्फ महेश बस्नेत सकिनसकि एक्लै भिडेर बालाई गुण्डुमा ल्याएर राखेर ऐले बा आमालाई कुटि बनाई दिन ला सम्चार त सब्बैलाई थाछ नि। गुण्डु जस्ताे ठाउँमा २ राेपनि भन्दा बढि जग्गा निशुल्क मिलाएर घर बनाउन थाल्या मात्रै हैनकि टाेलका गुण्डाहरु जम्मा गरेर बाकाे सुरक्षा लागि ओरिपरि गुण्डा लाएर बालाई सुखकाे निन्द्रा सुत्ने ब्यवस्था त मिलाईद्याछन । त्यति मात्र हाे र ! पाटिकाे महाँधिवेशननि भक्तपुर मै गरम भनेर त्यत्राे कार्यक्रम गर्ने थलाे मिलाएर बालाई गुन लगाउन सम्म लगाछन ।तर ती बिष्णु रिमाल ?! न कैल्यै चुनाबाँ जान सक्ने मान्छे हुन न आफ्ना दाँवलसितसम्मनि मिल्न सक्ने मान्छे हुन ! त्यसैले रिमालले चुनाबाँ जान नसक्ने कुरा भन्नू र चुनाब गर्न नदिने कुरा त ठिकै हाे तर ,प्रदिप ज्ञवालि र शंकर पाेखरेलजस्ता माभन्नु,जाे सँधै चुनाबैबाट हारजितकाे खेल खेल्दै आईराछन तर यिनिहरुनै बाका विरुद्ध चुनाबगर्न नपाईने भनेर कुर्ल्यादेख्दा पाे अचम्म लाग्छ त! चुनाबै नगराउने हाे भने जिल्ला जिल्लाट जतनमन्तका कार्यकर्ता बाेलाएर करेाडाैँ रुप्पियाँकाे खाेलाे किन बगाकाे ? भन्ने बेलाँ लाेकतान्त्रिक पाटि भन्ने अनि चुनाब गर्ने कुराँ भागाभाग गरेर निरंकुशता प्रदर्शन गर्न उक्साउने ! कि आँफुहरुलाई चुनाबाँ गुल्टाउँछन भन्ने भएर त हैन ? भदाै २३/२४ साँ त्यत्रा छेहत्तर छेहत्र जना मान्छे मर्दानि टसकाेमस नभएर एकाेहाेराे जेनजीशीत भिड्याभिड्यै गर्या बा चुनाबसित डराउँनदिन भनेर अडान लि राख्दा त महाधिवेशन हुदाँ दिन चुनाबाँ किन भाग नलिने भनेर उल्टै बाले चुनाबा भाग लिने हाे भनेर सबलाई चकित बनाईद्याछन ।
बालाई चुनाब भनेछि भिडिरहुँ लाग्ने तर झाेलेहरु चुनाब भनेछि भाग्नुपर्छ भनेर बालाई सल्ला दिने के भा हाे कुन्नि एमाल्याँ ? हेराैँ कार्यकर्ताले बालाई बिना चुनाब अध्यक्ष बनाउँदारैछन कि चुनाब गरेरै । जयहाेस एमालेकाे अनि ती झाेलेकाे ।




