लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन-२ को उपाधि
काठमाडौं ,२७ मंसिर ।
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ ।
आज टीयु क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम रोल्यसलाई पराजित गर्दै लुम्बिनीले उपाधि जितेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले सबै विकेट गुमाएर ८५ रन मात्र जोडेको थियो।

जवाफी ब्याटिङ गरेको लुम्बिनीले ८६ रनको लक्ष्य नवौँ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।




