राष्ट्रिय सभा निर्वाचनः काँग्रेस बाँकेद्वारा १८ जनाको नाम सिफारिस

बाँके,२७ मंसिर ।

माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बाँकेले १८ जनाको नाम प्रदेश कार्यसमितिमा सिफारिस गरेको छ । कांग्रेस बाँके जिल्ला कार्यसमितिले तीनवटै क्षेत्रबाट आएका तथा जिल्लामा प्रत्यक्ष निवेदन दिएका योग्य व्यक्तिहरूको नाम समेटेर सिफारिस सूची पठाएको हो ।

कांग्रेस बाँकेका अनुसार क्षेत्र नम्बर १ बाट बलराम शर्मा, लुटबहादुर खत्री र रामचन्द्र मौर्यको नाम राष्ट्रिय सभा सदस्यतर्फ सिफारिस गरिएको छ । यस्तै क्षेत्र नम्बर २ बाट महासमिति सदस्य निरञ्जन सिंह सिजापति तथा जिल्ला सदस्यहरू अमृतकुमार आचार्य, पुष्पा शुक्ला, मेराज अहमद हलवाई, सितादेवी काफ्ले, नारायणी रुपाखेती, बन्दना सिंह, ध्रुबप्रसाद दाहाल र बालकृष्ण सुवेदीको नाम सिफारिस सूचीमा परेको छ ।

यसैगरी राष्ट्रिय सभा सदस्यका लागि जिल्लामै निवेदन दिनुभएका नेपाली कांग्रेस बाँकेका पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठको नाम पनि प्रदेशमा सिफारिस गरिएको जिल्ला कार्यालयले जनाएको छ ।

उता क्षेत्र नम्बर ३ बाट राष्ट्रिय सभा सदस्यका लागि जगदम्बा पाठक, हरिभक्त उप्रेती, केशबहादुर शाह, हरिप्रसाद ढुङ्गाना र शेरबहादुर गुरुङ सिफारिसमा परेको बताइएको छ । यद्यपि क्षेत्र नम्बर ३ बाट औपचारिक रूपमा कुनै पनि सिफारिस जिल्ला कार्यसमितिमा प्राप्त नभएको कांग्रेस बाँकेले स्पष्ट पारेको छ ।

कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरीका अनुसार क्षेत्रबाट सिफारिस भएर आएका तथा विभिन्न कारणले क्षेत्रस्तरबाट छुट्न गई जिल्ला कार्यसमितिमा निवेदन परेका योग्यता पुगेका व्यक्तिहरूको नामावली प्रदेशमा पठाइएको हो । “क्षेत्र नम्बर ३ बाट भने जिल्लामा कुनै औपचारिक सिफारिस प्राप्त भएको छैन,” प्रवक्ता गिरीले जानकारी दिनुभयो ।

अब प्रदेश कार्यसमितिले जिल्लाबाट प्राप्त सिफारिसका आधारमा आवश्यक छलफल गरी अन्तिम निर्णय लिने जनाएको छ ।

 

राष्ट्रिय सभा निर्वाचनः काँग्रेस बाँकेद्वारा १८ जनाको नाम सिफारिस

घुयँत्राे:सुर्खेतमा घण्टीको आवाज यति चर्को कि काँग्रेसका

राष्ट्रिय सभा निर्वाचनः काँग्रेस बाँकेद्वारा १८ जनाको नाम सिफारिस

लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन-२ को उपाधि

Leave a comment

Your email address will not be published. Required fields are marked *