घुयँत्राे:सुर्खेतमा घण्टीको आवाज यति चर्को कि काँग्रेसका गुठेहरू कान थुनेर राताे टीका खोज्दै लाइनमा

हैन ! राष्ट्रिय स्वतन्त्र पाटिले त सुर्खेतका रावनीतिक दलका कार्यकर्ता जति त लिँड्कै लाएर लैजान्छकि क्याहाे । शुक्रबार मात्रै सुर्खेत पुग्या घण्टीका ४ नेताले त बेस्सरी घण्टी बजाय भन्छन त गाँठे । यस्तै हाे त नि ” जब्ब्बि भगवान देताहै छप्पर फाँड्के देताहै ” भन्या यै त हाेला । उता काँग्रेस एमालेले भष्टाचार गरेर देश डुबाए भनेर रुष्ट भाका जनता कुनचाहिँ एमाले काँग्रेस ले भष्टाचार गरे था छैन तर सहकारीकाे करोडौं पैशा ठग्या भनेर जेलमा थुनामा र` का नेता रवि लामिछानेका पछि मनन्छे उर्लेर लाग्याछन खासमा के रैछ कुराे । हुनत नेपालिकाे दिमागै उल्टाे कराई जस्ताेछ । त्यसाेत सँधैभरि काँग्रेस र एमालेलाई भाेटहालेर वाक्क दिक्क भै सक्दानि आँफुले भाेटहाल्या पाटिले जनताले भन्या नमान्ने , सडक हेर्याे सडकाँ भष्टाचार,अस्पताल गाे अस्पतालाँ र ओखतियाँ भष्टाचार, मालमा गाे जग्गा पास गर्दै भष्टाचार नापियाँ गाे नक्सा बनाउँदै भष्टाचार , ठुलठुला याेजना हेर्याे ती याेजना नकनेर असरल्ल देखिन्छन , किन भन्दा उई भष्टाचार, उद्योग धन्दा हेर्याे सबै बेचेर स्वाहा , राेजगारी हेर्याे सुदुरसम्म कैल्यै राेजगार बन्ने अबस्था छैन अनि जताततै यस्तो अबस्था देख्दा आँफुले भाेटहाल्या नेतालाई भन्याे उ वास्तै गर्दैन बरु उल्टै नातावाद र परिवारवादमा चुर्लुम्म डुब्याछ । ४० बर्षदेखि याैटै पाटिमा भाेट हाल्याछ भाेट हाल्या मान्छेले चुनाब पनि जित्याछन तर उ २/४ जनाकाे घेरा भित्र बस्याछ भाेटरलाई टेरपुच्छरै लाउँदैन त जनतालेनि कति त्यै भष्टाचारी पाटिलाई राेजुन तनि त्यै भएर हाेला याे चाेटि काँग्रेसका भाेटर जति त घण्टीयाँ लस्कर लाएर दाैड्याछन गाँठे । झन याे जेनजी आन्दोलन भएदेखि त काँग्रेसकाे सातै गाछ बिचराहरु आन्दोलन सक्या ३ मैना भै सक्दानि केही बाेल्नै सक्या छैन । यै माैका फायदा उठाएर घण्टीवालाहरु जिल्लाजिल्लाँ दाैडिन थालेछि काँग्रेस ीहरु पाटि छाैडदै राताे टीका लाउन लाईनाँ अघिअघि घुस्रिँदै गर्याछन । यै माैकाकाे फाईदा उठाउन आका स्वर्णिम, र डिपिले शुक्रबार मात्रै सुर्खेताँ काँग्रेसका पुराना पाटि सभापति र १ नं क्षेत्रका प्रदेश सभाकाे सदस्याँ चुनाब हार्या सिम्ताका टेक बहादुर सिंह सहित काँग्रेसीहरकाे ठूलै बिटाे भारी बनाएर लगेरे भन्ने हल्ला सुनिदै छ कुराे के हाे तिनिहरलाईनै था हाेला हाम्ले त सम्चाराट था पा । बिचरालाई पाटिकाे सक्रिय सदस्यतै नविकरण नगर्देछि घण्टीकाे शरणाँ पुग्या भन्दापाे अचम्म लायाे त यार । काँग्रेस भित्रकाे गुठ भन्ने चिज बडाे अचम्मकाे छ यार ! हुन पनि सुर्खेताँ याैटा गुठले पाटि कव्जा गरेछि २५ बर्षसम्म अरु कसैकाे तागत चलेन । पाटिका गतिविधि सिर्फ ४ जना जेनजीका हाताँ गाे । पाटिका गतिविधि भए तिनै४, कइँ मान्छे मरे तिनै ४, भाेजभतेर तिर जान पर्याे तिनै ४, राजधानीयाट नेता आउँछन लिनलाई तिनै ४,कतै पाटिकाे प्रतिनिधित्व गरेर जान पर्याे तिनै ४,गाउँतिर कार्यक्रम गर तिनै ४, यानेकि २५ बर्षकाे अबधियाँ जनताले काँग्रेस भनेछि तिनै ४ देखि बाहेक अरुकाे फाेटाे देख्नै पाएनन । चाैका दाउले २५ बर्षसम्म मारेकाे खेल हेर्दाहेर्दा दिक्क भाकालजनता अब लाखा पाखा लाग्न थाप्या बुझियाे । हिजाेसम्म जनताले भन्या नटेर्ने नेताहरुले अब जनतालाई के भनेर राेक्लान र त्यसै त झिनाे बहुमताँ एमालेलाई जित्ने काँग्रेसले कार्यकर्ताजति अन्त फालहालेछि अब जित्न मुस्किलै देखिन्छ ।

सुर्खेताँ जति घण्टी माैलायाे त्यति एमाले उक्लिने हाे तर घण्टी याँ मान्छे गए भन्दैमा जगै नबस्या भख्खर उम्रिदै गर्या पाटिले चुनाब जित्छ भन्ने ग्यारेन्टी चाईँ नगरम् किन भने याे चुनाब भन्या वडाकाे चुनाब हैन । मान्छेलाई आश जगाउनलाई चाईँ याे पाटिका लागि ऐले सुनाैलाे अबसरछ । के था भाेलि रबिमाथि कैद ठेकियर अपराधि प्रमाणित भए भने अरुलेनि त त्याे पाटिविरुध्द बिष बमन गर्न्यैहाेलान । हामी त रमिते जस्ले जस्तो चटक देखाउँछन चुपचाप हेर्दै जाने त हाे ।

घुयँत्राे:सुर्खेतमा घण्टीको आवाज यति चर्को कि काँग्रेसका गुठेहरू कान थुनेर राताे टीका खोज्दै लाइनमा

रैथाने परिकारकाे स्वाद चाख्न कृषि प्रदर्शनी मेला

घुयँत्राे:सुर्खेतमा घण्टीको आवाज यति चर्को कि काँग्रेसका गुठेहरू कान थुनेर राताे टीका खोज्दै लाइनमा

राष्ट्रिय सभा निर्वाचनः काँग्रेस बाँकेद्वारा १८ जनाको

Leave a comment

Your email address will not be published. Required fields are marked *