घुयँत्राे: “७० पारका क्रान्तिकारी र प्रचण्डको नयाँ ‘युवा’ पार्टी”
बिचरा जेनजीहरु युवा,युवा भन्दै कराए ! २३/२४ काे आन्दोलन र लुटपाटले आँफै बदनाम भए । तर युवाहरुले देश हाँक्नु पर्छ पाटि हाँक्नु पर्छ भन्या कुरालाई प्रचण्डले के बुझेछन कुन्नि । उनी त ७० भन्दा माथिका तडा बस्न ला बुढाहरलाई जम्म गरेर पाे पाटि बनाउँदैछन त हँ । हैन प्रचण्डले कुरा नबुझ्या हुनकि बुझ पचा हुन ! हैन बुढै भएनि यसाे नयाँ अनुहार ल्याएर पाटि गठन गर्या भानि मान्छेले यसाे पत्याई हाल्दा हुन के प्रचण्डले खाेल्या पाटि र तिनका मान्छ्या आनिबानि थाहै नपा र अनुहारै नदेख्या अबस्थाँ त मान्छलाई गफ लाउननि मिल्दाेनि हाम्रा यी पितृहरलाई भाेट देउ हाम्ले बैतरणि पार गराई दिन्छम भनेछि यसाे पताई पनि हाल्दा हुन यी जनताले ! तर के गर्नु राजनीति गर्दागर्दा दिमागाँ खिया लाएर अब याे भन्दा अगाडि केही गर्न सकिन्न सके भजन गरेर बस्ने नसके दिनभरि खलाँ ओछ्यान लाएर सुतेर घाट कुर्ने बेलाँ अब म पाटियाँ आएँ नेपाली कमिनिष्ट पाटिकाे सदस्यता १ कराेड बनाई दिन्छु भनेर बामदेब बास्या सुन्दा बिचरा ती बाम देबका कुरा सुन्नेहरुनै लाजले भुतुक्क भा छन ।
देश भित्रका कमिनिष्टहरु जम्मा गर्छु भन्ने नाममा कस्ता कस्ता कमिनिष्ट जम्मा गर्या हुन कुन्नि तिनरका नामै सुन्दा कहिँकतै नामै नसुन्या मान्छेहरलाई ल्याएर प्रचण्डले चुनाब जित्छु भन्या सुन्दै जनतै भाङ ला जस्ता भै सके खै कति भाेटदेलान र नेपाली कमिनिष्टले चुनाउ जित्ला । याे ७० कट्या बृध्द आश्रमजस्ताे भ` काे प्रचण्डकाे पाटिकाे हालत एक पटक वामदेवले माले पाटि खाेलेर शून्यभा जस्तै हुने हाेकि भन्ने जस्ताे पाे लाछतनि मलाई त ! प्रचण्डले गर्वका साथ हामी सारा कमिनिष्ट एक भईम भन्या कस्ता परेछन भने पर्ननि सब्बै एमाल्याँ बसेर देश खाएर भष्टाचाराँ लुछुप्पै भिजेर जनताले अब यी पित्रहरकाे काम छैन भनेर चुनाब हारेर लाखापाखा लाका मात्रै परेछन के । हिजाे पदाँ हुने बेलासम्म काेई सुनकाण्डाँ मुछ्छया काेई जग्गा काण्डाँ मुछ्या अनि काेई सर्पकाण्डाँ मुछ्या खालि काण्डै काण्डवालाहरलाई लेर हिँड्या प्रचण्डले कुन काण्ड समातेर चुनाब जितम्ला भन्या हाेलान के ।
हैन सँधै भरि सत्तामै बस्ने रहर गरेनि कमसे कम अल्लि गरि खाने खालकालाई लेर पाटि गठन गर्याभा नि हुन्थ्याे नि तर ती वृध्द आश्रममा बस्ने भाका ७० देखि ८० नाघ्या पित्तरहरु जम्मा गरेर र्यालसिगान साेर्नु भन्दा त बरु आँफैले मन दुखाका आँफैसित चित्त नबुझाएर गाका भट्टदेखि बादल,अनि जनार्दन देखि बाबुराम र राम कार्कि जस्ता सँगी साथेलाई अब हिजाेसम्मलाई जे भाे भाे अब ५२ देखि जनतालाई बाचा गर्या कुरा पुर्याउन तपाईं हामी जस्ता सबै एकठाँ भएर ऐल्या आन्दोलनले चाहेकाे लक्ष्य पूरा गरेर जनतालाई समृद्ध बनाउन सब्बै एक जुटनु पर्याे भन्नू पर्ने ठाँ पाटिकाे नामै बदलेर माओवादि भन्ने नाम निसानै मेटाएर के गर्न खाेज्या हुन कुन्नि यी प्रचण्डले देख्ने सुन्ने जनतानि चित पर्याछन के! जेनजीकाे माग पूरा गर्दिने र उनरुप्रति सम्मान जनाउने मान्छे मै हुम भन्छन ,पाटि कमिटि विघटन गर्छन अनि फेरि आफू अध्यक्षबाट संयाेजक भाकाे घाेषणा गर्छन । घाेषणासितै पाटि एकीकरण गर्ने नामाँ पशुपति आर्यघाटाँ गएर भजन गरेर बस्ने बेला भाका बुढाहरलाई अब याे चुनाबाँ गाउँगाउँ डुलाएर चुनाब जित्लान त प्रचण्डले ! अनि आउला त प्रचण्डकाे सरकार ! खै ८२ काे चुनाबसितै प्रचण्डका सपनाहरु त्रिशुलिमा बग्ने हुनकि । मलाई त चिन्तापाे लाग्याछ वाई ।




