घुयँत्राे:“जेनजी गए, तर नेताजी सुध्रिएनन् — पुरानै गोरुका बाह्र टक्का”
जेनजी आन्दोलन पछि राजनीतिक दलमा निम्तिएकाे संकट र त्यसमा पाटि कब्जाकाे ताण्डब देखाएका ओलिकाे घुर्कि र निरंकुशताका कर्तुत हेर्दाहेर्दा वाक्कदिक्क भका नेपाली जनता फेरि नेपाली काँग्रेस भित्रकाे काेईराला गुठ र गैर काेईराला गुठका बीच चलेकाे धम्कि र चेतावनि सुन्दै र हेर्दै दिक्कछन । जेनजीले त्यत्राे आन्दोलन गरेर तिमरु सुध्रयाओहै भन्दा भन्दैनि आफ्नै गाेरुका बाह्र टक्का गर्दै सुध्रिनेकाे नामै नलेछि दुबै पाटिका झाेले बाहेकका सामान्य जनता अब यिनलाई पुरानाे पाटि भन्दानि भष्टाचारी र बेबिचारीहरुकाे जमघट भनेर आउने चुनाबाँ यी दुई दलका नेताहरुकाे बिल्लिबाठ गराउने सुरमा देखिन्छन । जनताकाे चाहना र देशकाे आबस्यकता अनि अन्तर्राष्ट्रिय परिस्थिति अनुसार चल्नु पर्ने ठाउँमा काँग्रेस वीपिकाेईरा,गणेशमान र किसुनजीकाे फाेटाे देखाएर अँझै बीस पचास बर्ष खान सकिन्छ भन्ने दाउमा छ भने एमाले पुष्पलाल,मदन भण्डारी र भरतमोहनकाे फाेटाे गाडेर खान सकिन्छ भन्ने दाउमा छ । काँग्रेसका नेता देउबाले आन्दोलन पछि ल गरि खाव भनेर अर्को पुस्तालाई जिम्मा दिएर याैटा छेउमा बसेर हेर्दैछन । तर उनका पाटिका नेताहरुभने आँफआँफै लडि रहेका छन । उनिहरुकाे लडाईँ हेर्दा पाटिमा नेतामा पुस्तान्तरण हैन कि आपसमन पाटिनै हस्तान्तरण हुने स्थितिका समाचारहरहरु आई रहेकाछन । नेपाली काँग्रेसकाे पाटिकाे केन्द्रीय समिति बैठक हेर्दा महाधिवेशन गर्ने कुरालाई लियरनै पाटि दुई टुक्रा बन्ने स्थितिमाछ ।पाटिलाई यसरी अनिर्णयकाे बन्दी बजाउन काेईराला पक्षहरु लागेछि विदेशमा आैषधि उपचारमा बसेका देउबा नेपालतिर च्याउँदै र केन्द्रीय समितिकाे बैठककाे रमिता हेर्दैछन ।
आजसम्मकाे काँग्रेसकाे विकसित परिस्थिति हेर्दा याे भाँडभैलाे राेक्न फेरि देउबानै बैठकमा उपस्थित नभै हाेला जस्ताेछैन । यदि यसाे भयाे भने काँग्रेसका तल्लाे तहपनि पाटि सम्हाल्न सक्ने क्षेमताकाे छैन भन्ने प्रस्टिन्छ भने एमनलेमा त ओलिले पाटि नेतृत्वमा आँफुबाहेक अरु कसैलाई घुस्नै नदिने रणनीति बनाई सकेकाछन । आउने महाधिवेशनमा पाटि अध्यक्षले दिएकाे भाषण र राखेकाे प्रस्ताबका विषयमा कसैले पनि बाेल्न नपाउने र उदघाटन सत्रमा बाेल्न चाहनेहरु आफ्नाकट्टर झाेले र ओलिकाे स्तुति गान गर्नेहरुलाई मात्र बाेल्न दिने र भाेलि पल्ट निर्बाचनकाे कार्यक्रम गरेर लिस्टमा दिईएका मान्छे हरुकाे मात्र उम्मेदवारी दर्ता गराएर निर्वाचन सम्पन्न गरि महाधिवेशन सक्ने रणनीति ओलिकाेछ । खासगरि आफ्ना विपक्षि नेता प्रचण्ड शीत गैसकेका र अरु बाँकि नेताले आफ्नो विरुद्ध वाफ फाल्न नसक्ने भएकालेनि अब एमाले नेतृत्वको विपक्षि विहिन बनी सकेकाे तर्क ओलिका आफन्तहरु गर्दैछन । नेपालका ठुलादल जाे हिजाेका सत्तासीन पनि हुन यिनिहरुकाे मानसिकतानै देश, जनता र युवाहरुले परिवर्तन खाेजेका छन भन्नेमा छैन भने जेनजी आन्दोलन पछि देशमा परिवर्तन हुन्छ भन्ने कुरा कसरी मान्ने ? परिवर्तन ल्याउन त पैला भष्टाचारीलाई लगेर सँधैका लागि जेलमा सडाउनु पर्छ स्वच्छ व्यक्तिले दलकाे नेतृत्वलिनु पर्छ अनि जनताले पनि स्वच्छ ब्यक्तिलाई छान्नु पर्छ तबमात्रै परिवर्तनका बाटाहरु काेरिन सक्छन अन्यथा उनै ओलि, उनै देउबा उनैमाधब प्रचण्डलाई नेतृत्वमा राखेर परिवर्तन खाेज्ने हाे भने याे देशमा जस्तासुकै आन्दोलन हुन परिवर्तन सम्भबछैन । सबैमा चेतना भया ।




