घुयँत्राे :पान्स होटलदेखि प्रदेशसभा — एउटा सपथले मच्चायो पुरै मेला!

एका बिहानै बर्दिबासकाे पानस हाेटेलाँ मधेस प्रदेशकाे मुख्य मन्त्रीमा एमाले प्रदेश सभा सदस्य सराेजकुमार यादबलाई मुख्यमन्त्री र राप्रपा समेतका अन्य ३ जनालाई प्रदेश प्रमुख सुमित्रा सुवेदिले सपथ ग्रहण गराएछि ऐले मधेस खुब तात्याछ ।

सन्चाे नभएर काठमाडौं उपचारमा जान लागेकाे निहु बनाएर जनकपुर निबासबाट झिसमिसेमै निस्केकि प्रदेश प्रमुख सुमित्राले एमालेका सराेज कुमार यादबलाई मन्त्री हुने मान्छेहरु समेत लिएर बर्दिबास पुग्ने खबर गरेछि उनि राप्रपाका केई मान्छे समेत लिएर मुख्यमन्त्री बन्ने अभिलाषा लिएर प्रदेश प्रमुखकाँ त पुगे तर उक्त कुरा उनिहरुमै सिमित रहुनु पर्नेमा एककान दुईकान मैदान भएछि ऐले मधेसकाे राजधानी जनकपुरमा लफडा परेकाेछ । सपथ र नियुक्तिकाे बिषयलाई लिएर लफडा भएछि प्रदेश प्रमुख भवनदेखि प्रदेशसभाका कुर्सी टेवुल कम्युटर सबै ध्वस्त भएका छन । ताेडफाेडमा उध्दत काँग्रेसका सदस्यहरुले भबनमा रहेका सामान जाेगाउन आउने कर्मचारीहरु समेतलाई पिटपाट गरेकाछन । एमाले नेता वलिबाट नियुक्त पर्देश प्रमुखले ओलिप्रतिकाे दायित्व निभाएर एमालेकै मान्छेलाई मुख्यमन्त्री बनाउने र त्यसपछि जल्ले हनन्याे त्यल्ले वान्याे भन्ने नीति लिएर मुख्यमन्त्रीमा टिकाउन सकियाे भने पैशा खर्च गरेर भएनि सरकार टिकाउन सकिन्छ भन्ने नियतका साथ एमनलेसहित प्रदेश प्रमुखले राजधानी जाने निहु बनाएर सपथ खाएकाेमा याे कुरा काँग्रेसले थाहा पाएछि सबै भताभिङ्ग भएकाे थियाे । हैन ! राजनीतियाँ एमालेहरलाई मान्नै पर्छ यार ! सत्ताभनेछि जस्सरि पनि हत्याउनु पर्छ भन्ने बाकाे शिक्षा पाएका एमनलेहरु चाहे राजनीतिका हुन वा पुलिस प्रशासनका सबै एकसेएक छन यार ! प्रदेश प्रमुखजस्ताे मान्छेले नि आफ्नो नैतिकता र भविष्य अनि लाजघिन केही नहेरेर ओलिले जेभन्छन त्याे गरेरै छाडने जुन सहस गरिन र पाटिले उनलाई आजसम्म दिएकाे पदकाे सदुपयोग गर्दै पाटिकै निम्ति जुन काम गरिन यसले उनलाई अरु समाजमा लज्जित बनाए पनि सिङ्गाे एमनले भित्र तलहाेनहार नेता कार्यकर्ता बनाएकाेछ । पद्यपि उनी आँफै पनि याे पद छाेडेर राजनीतिमा जाने तयारीमा थिईन र आउँदाे चुनाबमा समानुपातिक तर्फबाट अकाट्य उमेदवार भएकाले पनि उनलाई सरकारले पदबाट बर्खास्त गरेनि उनलाई कुनै पश्चाताप छैन । यता मधेसकाे सरकारमा भने प्रदेशसभाबाट समेत राजिनामा दिई सकेका राप्रपाहरु मन्त्री भएपछि भने राप्रपा र एमाले भित्रनि खैलाबैला मच्चिएकाेछ ।

विपक्षिहरु राजीनामा दि सक्या मान्छेहरलाई कसरी मन्त्री बनायाे भनेर विपक्षि उफ्रिएका छन त्यै भएर मुख्यमन्त्री सराेजकुमार यादब कार्यालयमा गएर पदभार समेत ग्रहण गर्न सकेका छैनन । जेजस्ताे भएनि सँधैभरि एमालेकै नेता केपि ओलि वरिपरि घुम्ने नेपालकाे राजनीतिले बेलाबेलामा उटपट्याङ मात्रै गरेर जनताकाे मन हँसाउने गर्छ र मनाेरञ्जन दिने गर्दछ । अरु अनेक कुराँ एमाले र ओलिलाई सत्ताेसराप गरेनि कैले काइँ यस्तै काण्डले मानिसहरुलाई हँसाएर मनाेरञ्जन पाई रहेका हामी नेपालीलाई ह्याँभन्दा के चाईयाे र ? हैन्त । एमालेले देश बनाउँला जनता समृद्ध हाेलान भन्नू त्यत्तिकै हाे यस्तै यस्तै कुरा हेरेर परिवर्तनकाे स्वाद लिने त हाे । आखिर परिवर्तन गरिम भन्नेले केही लछारपाटाे लाउन सकेनन क्यारे जल्ले चटक देखाएर हाम्लाई खुसी पार्छ त्यसकै समर्थनाँ तालि बजाई दिने त हाे । ल ! चटकेहरकाे जयहाेस ।

घुयँत्राे :पान्स होटलदेखि प्रदेशसभा — एउटा सपथले मच्चायो पुरै मेला!

गणेश बहादुर शाही पुनः अध्यक्ष, नेपाल पूर्व

घुयँत्राे :पान्स होटलदेखि प्रदेशसभा — एउटा सपथले मच्चायो पुरै मेला!

बाँकेमा चार महिनामा ७० सर्पको उद्धार

Leave a comment

Your email address will not be published. Required fields are marked *