“नेपालका भष्टाचार वीर: अरब–अरब खाएर पनि अपच नहुने अद्भुत प्रजाति”

भष्टाचारनि कत्राकत्रा हुन गाँठे सुन्दै डरलाग्ने । त्यत्राे अरबाैँ अरबकाे भष्टाचार गर्दा नि नअघाउने नेपालका राजनीतिज्ञ र कर्मचारीकाे मुटुकस्ताे हाेला ? यीनरु त मरेपछि नि यिनका शरीर ल्याबमा राखेर परिक्षण गर्नु पर्ने हाे के ! एउटै भष्टाचार काण्डाँ पचपन्न पचपन्न जनाकाे मिलाेमताे हुने भनेछि त यिनरले त खासमा पाेखरा अन्तर्राष्ट्रिय विमान स्थललाई त टाटै बनाएर अस्थिपन्जर मात्रै लगेर घुमाउने कार्यक्रम पाे बनारैछन त! याे नागरिक उड्डयन प्राधिकरणकाे प्रमुख प्रदिप अधिकारी भन्ने मान्छेले त साँच्चिकै भष्टाचारीकै वर्दान लेर आरैछ के ! त्यतिका वर्षसम्म एक ठाँ ट अर्को ठाँ हलचल नहुने गरि बसेर पाँच पाँच ओटा मन्त्री र चारचार वटा प्रधानमन्त्री आफ्नो मुट्ठियाँ राखेर खेलाउनु भन्या कम हाे ।

यै हाे माैका जस्तो सुकै बहाना बनाएर भानि कमाउ भन्ने राजनीतिक संकेतका आधाराँ,कैले माटाे ढिस्काे फुटाउने ,कैले खानेपानीकाे याेजनै गायव गर्ने अनि कैले कन्सलटेण्टकाे ग्याङ बनाउने त कैले याेजनाकाे लागत मूल्य बढाउने जस्ता अनेकन तर्किव गरेर १० अरब भष्टाचारकाे खेल खेल्ने भन्या कम्तिकाे हिम्मत हाे त त्याे पनि याेजना बनी रहँदा भष्टाचारकाे विषयमा कुनै कुरै उठन नदिने र याेजना सक्किएछि अर्थात पाेखराँ विमानस्थल बनेर बनेकाे २/४ बर्ष वितेछि र कुनैपनि जहाज कम्पनिहरले त्याे विमानस्थलबाट विमान सेवा दिन नमानेछि बल्ल एककान दुईकान हुँदै भष्टाचारका कुरा उठेर अख्तियाराँ मुद्दा हालेछि बल्लबल्ल छान बिनमा लागेकाे अख्तियारले अख्तियार प्रमुखका प्रधानमन्त्री केपि ओलि सत्ताट गएछि मात्र अदालताँ मुद्दा हाल्न तयार भाछ ।भष्टाचारकाे जालाे सबै नेता र कर्मचारीकाे घर भ्याएर सर्वाेच्च अदालतकाे रजिष्टारकाे घरसम्मनि पुग्न भ्याकाे भनेछि था पाउनुस त्याे भष्टाचारकाे जालाे कति बल्लियाे हाेला । याैटा सानाे कुलाेबनाउँदा देखि सडकका पुल,सरकारी भबन, अस्पताल, विमानस्थल ,विरामीका आैषधि सम्ममा भष्टाचार गर्न भ्याउने एमाले,काँग्रेस , माओवादिका नेता र कर्मचारीले याे देश यसरी नाङ्गो बनाएकि जसकाे वर्णन गरि साध्यछैन । विमानस्थल निर्माणदेखि हेलिप्याड निर्माण सम्ममा भष्टाचार गर्न कहिँ कतै बाँकि नराखेकाे प्राधिकरण प्रमुख देखि नेता र कर्मचारीकाे सर्वाेच्च पद सचिवसम्मका मान्छे हरु संलगन रहेका हेलिप्याड भक्तपुर र विमानस्थल पाेखरासम्मका २ वटा मुद्दा यसै साता अख्तियारले विशेष अदालतमा दर्ता त गरेकाेछ तर पनि मुद्दा दर्ता हुने बित्तिकै यिनिहरुलाई कार्वाही हुन्छनै भन्ने विश्वास जनताले अदालतलाई नि गर्दैनन किनभने अदालतकाे रजिस्ट्रारसम्म पुगेकाे लेनदेनकाे जालाे न्याधिससम्म पुग्दैन भन्ने कुराकाे ग्यारेन्टी यहाँपनि छैन । हरेक क्षेत्रका मान्छे र हरेक याेजना भष्टाचारमा चुर्लुम्म डुबेका बेला अदालतबाट बेला बेलामा आईरहेका निर्णयले जनता त्रसित छन । त्यसैले यी दुईवटा पाेखरा विमानस्थल र भक्तपुर हेलिकाे मुद्दामा आउने निर्णयले अदालत र अख्तियारकाे साख घटाउन र बढाउन सक्ने भएकाले यसका निर्णयले जनतामा नकारात्मक भावना उव्जिने अबस्थाकाे सृजना थरिनु हुँदैन । भष्टाचार भष्टाचार कति गर्ने के भष्टाचार पनि यसकाे पनि त समय सिमाहाेला । उम्लिएछि पाेखिन्छ भन्ने सिध्दान्तका आधारमा पनि जातिवित्ति पराकाष्ठा नाघेपछि त तिनै भष्टाचारीका टेकाहरुपनि त हल्लियर भाँच्चिन सक्छन त्यसैले अब भष्टाचारकाे अन्त्य गर्ने जिम्मेवारी राजनीतिज्ञ र तिनका निकायले लिँदैनन भने पनि अख्तियार र अदालतले त्याे जिम्मेवारी पूरा गर्नु पर्छ र याे देशमा विगतदेखि वर्तमानसम्म माैलाउँदै आईरहेकाे भष्टाचारकाे अन्त्य गर्नु पर्छ ।

किनभने ऐले देशमा दलले शासन नगरि रहेकाले देशका भष्टाचारी नेताहरु ओलि,देउबा,प्रचण्ड र माधबले छेउ किनाराबाटै आफ्ना भष्टाचारी कर्मचारी र नेता कार्यकर्ताकाे दुरावस्था हेर्न पाउन तर “कार्वाही नगर” भनेर भन्न नपाउन । अहिले नेपाली जनताकाे एकमात्र माग भष्टाचारीकाे अन्त्यनै हाे । यसमा सबै निकाय एक भएरलागाैँ ।

“नेपालका भष्टाचार वीर: अरब–अरब खाएर पनि अपच नहुने अद्भुत प्रजाति”

सरकारले सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब

Leave a comment

Your email address will not be published. Required fields are marked *