दैलेखमा एक सय परिवारलाई धुवाँरहित चुलो वितरण


दैलेख । दैलेखको गुराँस गाउँपालिकाले फलामको चुलो वितरण गरेको छ । गाउँपालिकाले दलित तथा अति विपन्न गुराँस गाउँपालिका–३ र ४ का एक सय घर परिवारलाई सुधारिएको फलामको चुलो वितरण गरेको हो ।

निम्न आयस्तर भएका दलित समुदायको स्वास्थ्यको ख्याल गर्दै गाउँपालिकाले फलामको चुलो वितरण गरिएको गराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले बताए । उनले वर्षौदेखि परम्परागत चुलो प्रयोग गर्दा श्वासप्रश्वास रोग बढ्दै गएकाले धुवा मुक्त गर्ने उद्देश्यले पालिकालले फलामको चुलो वितरण गरिएको जानकारी दिए ।

अध्यक्ष बिसीले भने, “आर्थिक अभावले चपेटामा परेका दलित समुदायलाई निकै सास्ती थियो । अहिले निःशुल्क रुपमा धुवाँरहित चुलो वितरण गरेपछि नागरिकलाई धुवाँको समस्याबाट मुक्ति मिलेको छ ।”

नागरिकका स्वास्थ्यमा सुधार हुने तथा समाज स्वच्छ हुनाका साथै वातावरणमा समेत सुधार हुने अपेक्षा लिइएको गुराँस गाउँपालिका–४का वडाध्यक्ष खड्कबहादुर शाहीले बताए । उनले आवश्यकताअनुसार अन्य परिवारहरूलाई पनि आगामी दिनमा चुलो वितरण गर्ने योजना रहेको जानकारी दिए ।

फलामे चुलो वितरण गरेपछि धुवाँको समस्या हटेको स्थानिय कुलबिर बिकले बताए । उनले फलामे चुलो पाएपछि निकै सहज हुने बताए । वर्षौदेखि धुवासहीतको पुरानो चुलोमा खाना पकाउँदै आएकोमा आधुनीक चुलो पाएपछि निक्कै खुसी भएको कुलबिरको भनाइ छ ।

दैलेखमा एक सय परिवारलाई धुवाँरहित चुलो वितरण

नेपालझैँ नेपाली सुन्दर छन्: अभिनेता श्रीनिवास

दैलेखमा एक सय परिवारलाई धुवाँरहित चुलो वितरण

चितुवाको मुखबाट नाति थुत्ने हजुरआमा

Leave a comment

Your email address will not be published. Required fields are marked *