कर्णालीमा नापतौल ठगी गर्ने ४ सय २६ फर्म कारबाहीमा, ७ लाख बढी राजस्व सङ्कलन

सुर्खेत,१८ साउन।

गुणस्तर तथा नापतौल कार्यालय सुर्खेतले कर्णाली प्रदेशभर नापतौल ठगी गर्ने ४ सय २६ उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही गरेको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले सुर्खेतसहित दैलेख, सल्यान, जाजरकोट, रुकुम पश्चिम, डोल्पा, कालिकोट, मुगु, जुम्ला र हुम्लामा अनुगमन गर्दा उपभोक्तालाई ठगी गर्ने, नवीकरण नगरेको तथा बिना अनुमति नापतौल यन्त्र प्रयोग गर्ने फर्मलाई जरिवानासहित कारबाही गरिएको हो।

कार्यालय प्रमुख गणेश पौडेलका अनुसार एकल र संयुक्त गरी २३७ पटक अनुगमन तथा निरीक्षण गरिएको थियो। अनुगमनका क्रममा ढक, तराजु र डिजिटल नापतौल यन्त्र अनियमित रूपमा प्रयोग गरिएको पाइएपछि कानुनी दायरामा ल्याइएको उहाँले जानकारी दिनुभयो।

कार्यालयका सूचना अधिकारी टोपेन्द्र विकले साउनदेखि असारसम्म गरिएको स्थलगत अनुगमनका क्रममा ६८४ व्यवसायीका नापतौल यन्त्र परीक्षण गरिएको जानकारी दिनुभयो। यस अवधिमा कैफियत देखिएका व्यवसायीलाई जरिवाना गरेर गल्ती नदोहोर्‍याउन सचेतसमेत गराइएको उहाँको भनाइ छ।

कार्यालयले उक्त आर्थिक वर्षमा नयाँ नाप्ने तथा तौलिने यन्त्र प्रयोग गर्न २२६ वटा फर्मलाई अनुमति दिएको जनाएको छ।

कारबाहीबाट कार्यालयले ७ लाख ८२ हजार ३ सय ६८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यद्यपि, कार्यालयले आफ्नै भवन नहुँदा भाडाको सानो कोठाबाट सेवा प्रवाह गर्नुपरेको र आफ्नै सवारीसाधन नहुँदा अनुगमनमा कठिनाइ भोग्नुपरेको गुनासोसमेत गरेको छ।

कर्णालीमा नापतौल ठगी गर्ने ४ सय २६ फर्म कारबाहीमा, ७ लाख बढी राजस्व सङ्कलन

बहुविवाहलाई कानुनी मान्यता दिने मस्यौदा तयार प्रति

कर्णालीमा नापतौल ठगी गर्ने ४ सय २६ फर्म कारबाहीमा, ७ लाख बढी राजस्व सङ्कलन

कम्प्युटर इञ्जिनीयरिङ गरेका युवाको च्याउखेती

Leave a comment

Your email address will not be published. Required fields are marked *