कालिकोटमा बेवारिसे एक पुरुषको शव फेला
कालिकोटमा बेवारिसे अवस्थामा एक पुरुषको शव भेटिएको छ ।
सोमवार बेलुका ५ः५० मा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । कालिकोट तिलागुफा नगरपालिका–१ नाग्मागार्ड नजिकै रहेको तिला नदिमा बगि रहेको स्थानियले देखेपछि प्रहरीलाई खवर गरेका थिए । उनी अन्दाजी ३५-३६ वर्षका छन् ।
कालिकोट प्रहरीले एक विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार अचेत अवस्थामा उद्धार गरी उपचारको लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाईएको थियोे ।
उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । मृतकको लास कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा राखिएको छ । हालसम्म पनि पहिचान खुल्न सकेको छैन् ।





