आठबीसद्वारा विपद कोषमा पौने दुई लाख रुपैयाँ जम्मा
दैलेखको आठबीस नगरपालिकाले कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट पीडितहरुलाई राहत प्रदान गर्न भन्दै जिल्ला विपद व्यवस्थापन कोषमा एक लाख ७५ हजार रुपैयाँ रकम जम्मा गरेको छ ।
नगरपालिकाले जाजरकोट विपद व्वस्थापन कोषमा एक लाख र रुकुम पश्चिम व्यवस्थापन कोषमा ७५ हजार रुपैंया सहयोग गरेको नगरपालिकाका कर्मचा वखतबहादुर विकले जानकारी दिए ।





