२०८२ फाल्गुन २९ गते
×

Now Playing

केपी ओली र माधव नेपालबीच वार्ता सुरु

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ ।

बूढानीलकण्ठस्थित एक घरमा वार्ता सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। पार्टीभित्र देखिएको पछिल्लाे विवाद समाधानमा छलफल हुने बताइएको छ।

आफूलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्नका लागि सामूहिक राजीनामा दिने तयारी गरेपछि ओलीले टेलिफोन गरी नेपालसँग भेटको प्रस्ताव गरेका हुन्। त्यसअघि उनले स्थायी कमिटीको आकस्मिक बैठक राखेर नेता नेपालसहित चार नेतामाथि गरिएको कारवाही फुकुवा गरेका थिए।

तर नेपाल पक्षले भने कारवाही फुकुवाले मात्रै नरोकिने संकेत दिएको छ। सहमतिका लागि पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने अडानबाट पछि हट्न नसकिने निश्कर्ष नेपाल पक्षले निकालेको थियो।

सामूहिक राजीनामाका सन्दर्भमा नेता नेपालले बिहीबार बिहान केही कानुन व्यवसायीसँग पनि परामर्श गरेका थिए। उनीहरुले राजीनामा भन्दा पनि मध्यमार्गी विकल्प खोजेर अघि बढ्न सुझाएका छन्।

केपी ओली र माधव नेपालबीच वार्ता सुरु

एम्बुलेन्सको जोहो

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds