२०८२ फाल्गुन २९ गते
×

Now Playing

भीआइपीका लागि महिलाको अक्सिजन सिलिण्डर पुलिसले बेडबाटै खोसे, महिलाको एकैछिनमा मृत्यु

काठमाडौं । भारतमा कोरोना संक्रमित भएपछि अक्सिजन सपोर्टमा रहेकी एक महिलाको सिलिण्डर उनको बेडबाटै झिकेर पुलिसले एक भीआइपीको लागि भनेर लिएर गए । त्यसको २ घण्टामा ती महिलाको मृत्यु भएको छ ।

भारतमा अहिले अक्सिजनको अत्याधिक अभाव छ र यही समयमा सिलिण्डर खोसिएपछि ती महिलाले अर्को सिलिण्डर पाउन सकिनन् जसका कारण उनको मृत्यु भयो । सामाजिक संजालमा शेयर भइरहेको एक भिडियोमा एक व्यक्तिले रुँदै पुलिस अफिसरहरुलाई घुँडा टेकेर बिन्ती गरिरहेका देखिन्छन् ।

घटना आगराको एक निजी अस्पताल बाहिर भएको बताइएको छ । ‘तपाइँले अक्सिजन सिलिण्डर लैजानुभयो भने मेरी आमा मर्नुहुन्छ’ २२ वर्षका अनमोल गोयलले मंगलबार राती सिलिण्डर लिएर जान लागेका पुलिसहरुलाई बिन्ती गर्दै भनेका छन् । डेलीमेलको रिपोर्टअनुसार अस्पतालमा अक्सिजन सकिएपछि उनी र उनका १७ वर्षका भाइ ले यो सिलिण्डर आफैं खोजेका थिए र यो सिलिण्डर आफ्नी आमाको बेडमा राखेर आमालाई अक्सिजन सपोर्टमा राखेका थिए ।

तर, त्यो सिलिण्डर पुलिसले अर्को कोही ‘धेरै महत्वपूर्ण’ मानिसको लागि भन्दै खोसेको टाइम्स अफ इण्डियाका प्रतिनिधिले बताएका छन् । उनै पत्रकारले यो भिडियो शेयर गरेका हुन् । घटनाको २ घण्टापछि गोयलकी आमाको मृत्यु भयो । आगरा पुलिसले भने यो दावीलाई पूर्ण रुपमा अस्वीकार गर्दै ‘खाली सिलिण्डर फेरि भर्नको लागि लगिएको’ दावी गरेको छ ।

भीआइपीका लागि महिलाको अक्सिजन सिलिण्डर पुलिसले बेडबाटै खोसे, महिलाको एकैछिनमा मृत्यु

श्रीमती अर्कै पुरुषसँग गाडीमा सुतेकी थिइन्, श्रीमानले

भीआइपीका लागि महिलाको अक्सिजन सिलिण्डर पुलिसले बेडबाटै खोसे, महिलाको एकैछिनमा मृत्यु

काेराेना राेकथाम तथा नियन्त्रणका लागि विवेकशील साझाका

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds