कुमाख गाउँपालिकाको बजेट : रोग, भोक र शिक्षामा केन्द्रित
सल्यान, १२ असार ।
सल्यानको कुमाख गाउँपालिकाले अगामी आर्थिक वर्षको बजेट रोग, भोक र शिक्षा केन्द्रित हुने जनाएको छ । असार १४ गते नीति तथा कार्यक्रम र बजेटको लागि तयार गरेको कुमाख गाउँपालिकाले यतिबेला मानव समाजमा नै चुनाती दिनेगरी देखिएको स्वास्थ्यको समस्यालाइ ध्यानमा राखेर बजेट विनियोजन हुने गाउपालिका अध्यक्ष दिलमाया बुढाले जानकारी दिएकी छन ।

त्यस्तै गाउँपालिकामा रहने मजदुरका लागि रोजगार कार्यक्रमलाइ प्राथामिकतामा राखिनेछ भने कृषी उत्पादनलाइ पनि जोड दिदै स्थानीय उत्पादनलाइ पनि विशेष जोड दिइनेछ ।
सल्यानमा बागचाैर र कुमाख बाहेक सल्यानका ८ स्थानीय तहले नयाँ अावका लागि २ अर्ब ७१ करोड ६३ लाख ७० हजार वरावरको अनुमानित वजेट सार्वजनिक गरेका छन । नीति तथा कार्यक्रम मात्रै सार्वजनिक गरेको बागचारले असार २५ गते सार्वजनिक गर्नेछ ।
जिल्लाको शारदा नगरपालिकाले रु. ४९ करोड ९९ लाख १२ हजार वरावरको अनुमानित वजेट सार्वजनिक गरेको छ । यस्तै बनगाड कुपिण्डे नगरपालिकाले रु.४९ करोड १५ लाख ८७ हजार वरावरको अनुमानित वजेट नगरसभा मार्फत सार्वजनिक गरेको छ ।
यस्तै कालीमाटी गाउपालिकाले ४५ करोड ५३ लाख, त्रिबेणी गाउपालिकाले रु.४२ करोड ९६ लाख १२ हजार, छत्रेश्वरी गाउपालिकाले रु.४२ करोड ७२ लाख ८० हजार, दार्मा गाउँपालिकाले रु.३५ करोड ६२ लाख ४४ हजार, कपुरकोट गाउपालिकाले ३१ करोड २९ लाख ९५ हजार र सिद्ध कुमाख गाउपालिकाले रु.२९ करोड ४१ लाख ८७ वरावरको वजेट गाउँसभा मार्फत सार्वजनिक गरेका हुन् ।
जिल्लाका स्थानिय तहहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण र उपचारलाई प्राथामिकतामा राखेर अनुमानित वजेट सार्वजनिक गरेका छन् । यस्तै शिक्षा, कृषि, रोजगारी लगाएतका क्षेत्रहरुलाई उनीहरुले प्राथामिकतामा राखेका छन् ।





