२०८२ फाल्गुन २८ गते
×

Now Playing

माइकिङ्गमार्फत सचेत गराउदै प्रहरी

सुर्खेत

विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण फैलन नदिनका लागि मंगलबार बिहानै बाट प्रहरीले वीरेन्द्रनगरका विभिन्न ठाउ“हरुमा माइकिङ्ग गर्दैघरबाट बाहिर ननिस्कन आग्रह गरिरहेको छ ।

वीरेन्द्रनगर बजार तथा व्यसाय पूर्णरुपले बन्द रहे पनि फाटफुट रुपमा सवारी तथा मानिसहरु आवत जावत भने गरिरहेका छन् । हिजो मात्रै फान्सबाट कतार हु“दै चैत ४ गते नेपाल आएकी एक महिलामा कोरोना भाइरस प्रमाणित भएपछि यसको सम्भावित जोखिमबाट जोगाउन नेपाल सरकारले आज (मंगलबार) बाट एकसाताका लागि पुरै नेपाल लकडाउन गरेको छ ।

यस अवधिमा हरेक मानिसहरुलाई घरबाट बाहिर ननिस्कन र सवारी साधन नचलाउन सरकारले निर्देशन दिएको छ । सरकारको निर्देशन अवज्ञा गरे एकमहिना कैद सजायसम्म गर्ने बताएको छ ।

माइकिङ्गमार्फत सचेत गराउदै प्रहरी

कोरोना भाईरस सम्बन्धि सचेतीकरण

माइकिङ्गमार्फत सचेत गराउदै प्रहरी

आक्रामक बन्दै जिल्ला प्रशासन, अटेर गरे बल

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds