२०८२ फाल्गुन २९ गते
×

Now Playing

चौकुनेमा एमयूको सङ्काय चलाउन जग्गा खरिद शुरु

नन्दु खनाल
सुर्खेत, ३२ जेष्ठ ।
मध्यपश्चिम विश्वविद्यालय (एमयू) अन्तरगत कर्णाली कृषि तथा वन विज्ञान सङ्काय सञ्चालन गर्नको लागि आवश्यक पर्ने जग्गा खरिदको प्रक्रिया शुरु भएको छ । सुर्खेत जिल्लाको पश्चिममा पर्ने चौकुने गाउँपालिका वडा नं. ७ मा स्थापनाका लागि जग्गा खरिद प्रक्रिया अगाडी बढाइएको हो । आईतवार चौकुने गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष अमर बहादुर बुढा क्षेत्रीले जग्गादाताहरुलाई ५८ रोपनी जग्गा मध्ये तत्काल ३४ रोपनी चार आना जग्गाको प्रति रोपनी पचास हजारका दरले पेस्की (बयाना) स्वरुप १७ लाख रुपैयाँ जग्गाधनीलाई हस्तान्तरण गर्नुभएको छ ।

बाँकी रहेको करिब २४ रोपनी जग्गाको विषयमा जग्गाधनीहरुसंग कुरा भैरहेको र चाँडै जग्गा उपलब्ध हुने कर्णाली कृषि तथा वन बिज्ञान सङ्काय सञ्चालन समितिका अध्यक्ष मोहन बडुवालले जानकारी दिनुभयो ।  प्राबिधिक शिक्षाले कर्णाली प्रदेश र समग्र देशको विकासमा मद्दत पुग्ने र हरेक विद्यार्थीहरुलाई कृषिमा आत्मनिर्भर बनाई सिप अनुसारको रोजगारी सिर्जना गर्न सङ्काय स्थापना हुन लागेको अध्यक्ष बडुवालले बताउनुभयो ।

त्यसैगरी चौकुने गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले चौकुने गाउँपालिकामा मध्यपश्चिम विश्वविद्यालयको कृषि र तथा वन विज्ञानको सङ्कायनै सञ्चालन हुन लागेको र अब यहाँको गरिबी, अशिक्षित, बेरोजगारी र पछौंटेपनको अन्त्य हुनेमा बिश्वास गरे । आफू निर्वाचित भएर आएको पहिलो बर्षको गाउँसभाबाटनै कृषि र वन विज्ञान क्याम्पस सञ्चालन गर्ने निर्णय गरेको र आगामी दिनहरुमा सबैको सहयोगले कृषि र वन विज्ञान क्याम्पस सञ्चालन गर्ने बिचार व्यक्त गर्नुभयो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कार्यकारी परिषद्, प्राज्ञिक परिषद् र नवौं सिनेटले चौकुने गाउँपालिका वडा नं. ७ मा कर्णाली कृषि तथा वन विज्ञान सङ्कायलाई आफ्नो आंगिकको रुपमा सञ्चालनमा ल्याउने निर्णय गरिसकेको छ । चौकुनेमा कृषि तथा वन विज्ञान सङ्काय सञ्चालनमा ल्याउन जन स्तरबाट सहयोग र जग्गा खरिदको लागि गत कार्तिक २२ गतेदेखि २९ गतेसम्म महायज्ञ लगाइएको थियो । उक्त महायज्ञबाट सामुदायबाट एक करोड ५६ लाख बराबर आर्थिक संकलन भएको थियो ।

चौकुनेमा एमयूको सङ्काय चलाउन जग्गा खरिद शुरु

कालिकोटका कोरोना संक्रमितको खुट्टा कुहिएपछि …

चौकुनेमा एमयूको सङ्काय चलाउन जग्गा खरिद शुरु

सल्लीबजारमा फेरी सुरु भयो खानेपानीको समस्या

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds