२०८२ फाल्गुन २९ गते
×

Now Playing

स्वास्थ संस्था र सामुदायिक विद्यालमा निःशुल्क सोलार जडान

तुलराज पाण्डे
कालिकोट, ३२ जेष्ठ ।
कालिकोट जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालिकोटका सचिवालय सदस्य युवा नेता दिपक चौलागाईं (शिखर) को पहलमा निःशुल्क सोलारहरु जडान गरिएको छ । बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको संस्थागत सौर्य उर्जा कार्यक्रम अन्तरगत सोलार होम्स नेपालको जडान ठेक्कामा जोडिएको हो । कालिकोट जिल्लाका विभिन्न सामुदायिक बिद्यालय र स्वास्थ्य संस्थाहरुमा सोलार जडान गरिएकोछ ।

शुभकालिका गाउँपालिकाको वडा नं. २ भर्तामा रहेको कालिका मा.बि.मा दुई हजार वाट, शुभकालिका गाउँपालिका वडा नं. ५ मा अवस्थित दाहाल मा.बि.मा पनि दुई हजार वाट, शुभकालिका गाउँपालिका वडा नं. ४ नैनेलदेब आधारभूत चौलागाईं बाडामा एक हजार वाट र शुभकालिका गाउँपालिका वढा नं. ८ महादेव आधारभूतमा पनि एक हजार वाट जडान सम्पन्न भएको छ ।

पचालझरना गाउँ पालिका वडा नं. ८ सरस्वती मा.बि.मा दुई हजार वाट, पचालझरना गाउँपालिका वडा नं. ५ पञ्चकालिका मा.बि.मा पनि दुई हजार वाट, पचालझरना गाउँपालिका वडा नं. ५ मा नवकिरण आधारभूतमा एक हजार वाट र आधारभुत स्वास्थ्य चौकी पचालझरना वडा नं. ८ लाई पनि एक हजार वाट नेकपा पचालझरना गाउँपालिका कमिटी अध्यक्ष पौरख बिश्वकर्मा (प्रमोद) मार्फत सम्बन्धित संस्था र वडाको समन्वयमा जडान हुँदैछ ।

आधारभूत स्वास्थ्य चौकी खाडाचक्र ३ ताडीमा पनि वडा अध्यक्ष महाबिर पाण्डेमार्फत जडान हँुदै गत बर्ष पनि दिपक चौलागाईं (शिखर) को पहलमा शुभकालिकाकै अन्य केहि संस्थाहरुमा पनि सोलार जडान नेकपा का युवा नेता चौलागाईले युग आह्वान राष्ट्रिय दैनिकसंग बताए ।

स्वास्थ संस्था र सामुदायिक विद्यालमा निःशुल्क सोलार जडान

रुकुम पश्चिमका एक ब्यक्तिमा कोरोना देखियो

स्वास्थ संस्था र सामुदायिक विद्यालमा निःशुल्क सोलार जडान

ब्रेकिङ : कृषकको खेतबारीमा पुग्ने अनुदानकाे मल

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds