२०८२ फाल्गुन २९ गते
×

Now Playing

‘चुम्बनको दृश्य गर्दा मज्जा आउँदैन’

दिशा पाटनीको आगामी फिल्म ‘मलंग’ फेब्रुअरी ७ तारिखमा रिलिज हुँदैछ । फिल्मको प्रोमोशनमा व्यस्त दिशाले मिडियासँग कुराकानी गरिरहेकी छिन् । यतिबेला उनले फिल्मसँग सम्बन्धित दृश्यबारे कुरा गरेकी छिन् । फिल्म ‘मलंग’ मा उनीबाहेक सिद्धार्थ कपूर, अनिल कपूर पनि महत्वपूर्ण भूमिकामा छन् ।

फिल्ममा दिएको बोल्ड र किसिङका दृश्य दिँदा ट्रोलिङको सामना गर्नुपर्दा कस्तो महसुस हुन्छ भन्ने प्रश्न सोध्दा उनले भनेकी छिन्, ‘अब त बानी जस्तै भइसकेको छ ।
सोसल मिडियामा त सबैले ट्रोलिङको सामना गर्नुपर्छ । अब म यसको लोड लिन सक्दिनँ, बानीजस्तै परिसकेको छ । र मीम्सको कुरा गर्ने हो भने हामीले मीम्स हेर्दैनौं भन्ने हुँदैन । हामी मोबाइलमा ती मीम्स हेर्छौं ।

कसैले मीम्स बनाएर हँसाइरहेको छ भने त्यसमा के गलत भयो र ? राम्रै हो नि… हामीलाई पनि रमाइलो गर्न दिनुहोस् र उनीहरुलाई पनि मज्जा लिन दिनुहोस् ।’यस्तै, चुम्बन गर्न को अभिनेतासँग सहज भयो भन्ने प्रश्नमा उनले भनिन्, ‘म कसैसँग पनि सहज हुदिनँ । मानिसहरुले सोच्लान् कि चुम्बन गर्दा मज्जा आउँछ होला, तर यस्तो हुँदैन । जब तपाईं यस्ता दृश्य गरिरहनुभएको हुन्छ तब तीनवटा ठूला क्यामरा तपाईं अगाडि तेर्सिएका हुन्छन् ।

५० जना सेटमा हुन्छन् । जसले तपाईंलाई घुरेर हेरिरहेका हुन्छन् । १० जनाले मोनिटरमा हेरिररहेका हुन्छ । यस्तोमा अत्यधिक दबाब महसुस हुन्छ, केही मज्जा आउँदैन ।’ यसका साथै उनले सोसल मिडियामा आउने कमेन्ट आफूले पढ्न छोडेको बताएकी छिन् । साथै, उनको यसपटकको भ्यालेन्टाइन्स डे कसरी मनाउने तयारीमा हुनुहुन्छ भन्ने प्रश्नमा त्यतिबेला आफू सलमान खानको फिल्म ‘राधे’ को सुटिङमा व्यस्त हुने बताइन् । त्यसो भए यसपटक सलमान खानसँग भ्यालेन्टाइन्स डे मनाउँदै हुनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ दिइन्, ‘योभन्दा राम्रो के हुन सक्छ ।’

‘चुम्बनको दृश्य गर्दा मज्जा आउँदैन’

बिचाराधिन मुद्दाहरु फैसला हुन समय नलाग्ने :

‘चुम्बनको दृश्य गर्दा मज्जा आउँदैन’

स्तनलाई कसरी आकर्षक बनाउने ?

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds