सोतीको ढुङ्गा काठमाडाैं को घर–आँगनसम्म !

दीपकजंग शाही, सुर्खेत । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ का गणेश केसीले पछिल्लो तीन बर्षयता गाउँकै ढुंगा खानीमा काम गरिरहेका छन् । यही वडाको सोती गाउँमा रहेको स्लेट (घर छाउने, मार्बलका रुपमा प्रयोग गर्न मिल्ने) ढुंगा खानी छन् । गणेश बर्षमा ६ महिना ढुंगा खानीमै रोजगारी गर्छन् । अहिले खानीको सिजन परेको छ । यो बर्ष […]

स्याउको सुवासले बदलिँदैछ, जुम्ली अर्थतन्त्र

केबी परियार, जुम्ला । नेपालको पूर्वदेखि पश्चिमसम्मका सहर बजारहरुमा जुम्लालाई चिनाएको छ, यहाँ उत्पादित स्याउले । जुम्लाको चिनारी बनेको स्याउ खेतीको इतिहास भने त्यति पुरानो छैन् । जानकारहरुका अनुसार २०२४ सालदेखि जुम्लामा स्याउ खेती थालिएको हो । तर ती बिरुवा कुन ठाउँबाट भित्रिएका हुन भन्ने प्रष्ट छैन् । त्यति बेला यहाँका बजार क्षेत्र तथा गाउँघर […]

नदेख्ने आँखाले देखाएको बाटो

यज्ञ खत्री, सुर्खेत । दृष्टि विनाको जीवन कस्तो हुन्छ ? ‘अन्धकार, शून्य, बोझिलो, अत्यास लाग्दो’ धेरैलाई यस्तै लाग्दो हो । तर सोमना खड्का (३३) लाई देख्दा लाग्छ, अँध्यारोभित्र पनि त उज्यालो  हुँदो रहेछ । आँखाको  ज्योति गुम्दा संसारको  झिलिमिली देख्न नपाए पनि आफ्नो  जीवनलाई प्रकाश दिन सकिन्छ । सोमना आफू आँखा देख्दिनन्, तर अरूलाई आँखा देखाउँछिन् […]

दैलेखमा पेट्रोलियम पदार्थ : कर्णाली समृद्धिको नयाँ ढोका

प्रकाश अधिकारी । पृष्ठभूमि विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएपछि नेपालले एउटा अनपेक्षित परिस्थितिको सामना गर्नुप¥यो । संविधान जारी गर्नुपूर्व संविधानका अन्तरवस्तुलाई लिएर भारतीय संस्थापन पक्षले आपत्ति जनायो । नयाँ संविधान जारी गर्नबाट रोक्न गरेको प्रयास असफल भएपछि त्यसकै असन्तुष्टि स्वरुप भारतले संविधान जारी भएको पर्सिपल्ट अर्थात असोज ६ गतेदेखि फागुनसम्म नेपालमा […]

एमयूमा इन्जिनियरहरूको लागि तालिम

सुर्खेत, २८ बैशाख । जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरुको विस्तृत क्षति आँकलनका लागि खटिने इन्जिनियरहरुका लागि अभिमुखीकरण तालिम स¬चालन गरिएको छ । उक्त तालिम ४ जना सिनियर इन्जिनियर र ८१ जना सिभिल इन्जिनियरहरुको सहभागिता रहेको छ । मध्यपश्चिम विश्वविद्यालयको आयोजना र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहकार्यमा संचालन भईररेको छ । मध्यपश्चिम विश्वविद्यालयका […]

पब्लिक एकेडेमीमा विद्यार्थीको स्वागत

सुर्खेत,२७ बैशाख । पब्लिक एकेडेमी सेकेन्डरी स्कुल वीरेन्द्रनगर–१ सुर्खेतको आयोजनामा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न भएकोछ । शैक्षिक सत्र २०८२÷०८३ का लागि विद्यालयमा भर्ना भएका विद्यार्थीहरुको उपहारसहित स्वागत गरिएको थियो । विद्यालयका प्रिन्सिपल गिता कुमारी खनालको अध्यक्षता तथा विद्यालयका कार्यकारी निर्देशक दिपेन्द्रराज खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा लेखापाल शोभा लामिछाने, […]

प्रेमा हत्याकाण्डमा प्रहरीले भन्यो-श्रीमानले श्रीमतीका बारेमा गलत बयान दिए

सुर्खेत, २५ बैशाख । सुर्खेतमा नेपाली सेनामा कार्यरत दर्शन खत्रीले श्रीमतीको हत्या गरेको घटनामा नयाँ तथ्यहरू खुलेको प्रहरीले बताएको छ । श्रीमती प्रेमा वली खत्रीको हत्या गरेका दर्शनले प्रेमाबारे भ्रमित पार्ने बयान दिएको प्रहरीले बताएको छ । दर्शनले प्रहरीलाई बयान दिँदा प्रेमा तीन–चार दिन पहिलेदेखि घरमा नभएको, सामाजिक सञ्जाल र मोबाइलमा अर्कै पुरूषको तस्बिर राखेको […]

सम्पादकीय : प्रभावकारी बनोस् नागरिक स्वास्थ्य परिक्षण

कर्णाली प्रदेश सरकारले नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम शुभारम्भ गरेको छ । नसर्ने रोगलाई समयमै रोकथाम, उपचार तथा परामर्श गरी न्यूनीकरण गर्ने उद्देश्यका साथ निःशुल्क नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम अघि बढेको हो । सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशभित्र स्थायी रूपमा बसोबास गर्ने ४० वर्षमाथीका नागरिकमा नसर्ने रोगको जोखिम न्यूनिकरणका लागि रोकथाम, उपचार तथा परामर्श गर्न नागरिक […]

१० अर्ब ?

उमालाल अाचार्य/लेखक तथा साहित्यकार नेपाली हजार रुपैयाँको नोटमा हात्तीको तस्वीर हुन्छ, त्यसैले समाजमा हजारको नोटलाई हात्ती पनि भनिन्छ । एकलाखमा सय हात्ती अर्थात सयवटा हजारका नोट हुन्छन् । हजार रुपैयाँ नोटको एउटा बिटो एक लाखको हुन्छ । सयवटा लाखको बिटा एक करोड हुन्छ र सय करोड भयो भने मात्र एक अर्ब पुग्छ । १० अर्ब […]

सम्पादकीय : दिगो र सुरक्षित पुनर्निर्माणमा ध्यान देऊ

संघीय सरकारले डेढ वर्षपछि जाजरकोट भूकम्पपछिको पुनर्निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाउन लागिएको छ । सरकारले अघि सारेको आगामी वर्ष २०८२÷०८३ को वार्षिक नीति तथा कार्यक्रममा भूकम्पछिको पुनर्निर्माणलाई गति दिइने दावी गरिएको छ । आगामी वर्षमा पश्चिम नेपालको भूकम्प, मनसुनजन्य विपद् र अन्य प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त निजी आवास, पुरातात्विक सम्पदा तथा सार्वजनिक संरचनाहरूको प्रवलीकरण, पुनर्निर्माण […]

कर्णालीको १० वर्षे कृषि रणनीति : उपलव्ध कृषि भूगोलको उपयोग गरी प्रदेशलाई खाद्य सम्प्रभुता तुल्याउने

दिनेश बुढा सुर्खेत, १९ बैशाख । कर्णाली प्रदेशको अवस्था, नीतिगत व्यवस्था, दिर्घकालिन सोच र प्रदेशको सम्भावनाहरुलाई मध्यनजर गरेर कर्णाली प्रदेश सरकारले कृषि विकास रणनीति–२०८१ तयार गरेको छ । प्रदेशको भौगोलिक परिवेशले उपलव्ध गराएको अवसरलाई अधिकतम् उपयोग गरी कर्णाली प्रदेशको समृद्धि मार्फत समृद्ध र समुन्नत नेपाल बनाउन र प्रदेशलाई खाद्य सम्प्रभुता तुल्याउने उद्देश्यले कर्णाली प्रदेश सरकारले […]

सम्पादकीय : वीरेन्द्रनगरमा नगर प्रहरीको खाँचो

कर्णाली प्रदेशको राजधानी पालिकाले वीरेन्द्रनगर नगरपालिकाले आफ्नै प्रहरी भर्ना गरेको छ । संविधानले दिएको अधिकार प्रयोग गरी वीरेन्द्रनगरले नगर प्रहरी भर्ना गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नगर र गाउँपालिकालाई नगर प्रहरी गठन गर्ने अधिकार दिएको छ । संविधानको अनुसूचि–८ मा स्थानीय तहको एकल अधिकार सूचि अन्तर्गत नगर प्रहरी रहेको छ । […]

सम्पादकीय : विषादी न्यूकिरणमा ध्यान देऊ

कर्णाली प्रदेश सरकार स्थापना भएदेखि नै चर्चामा आएको विषय हो– विषादीमुक्त प्रदेश । २०७५ मा तत्कालिन प्रदेश सरकारले कर्णालीलाई अग्र्यानिक प्रदेशका लागि रासायनिक विषादीमुक्त बनाउने योजना अघि सारेको थियो । उक्त योजना अन्तर्गत कर्णाली भित्रिने नाकामा तरकारी तथा फलफूलमा राखिएको विषादी परीक्षण गर्ने प्रयोगशालादेखि सबै जिल्लामा प्रयोगमा रोक लगाउने लगायतका विषय समेटिएका छन् । तर, […]