एमयूमा इन्जिनियरहरूको लागि तालिम
सुर्खेत, २८ बैशाख ।
जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरुको विस्तृत क्षति आँकलनका लागि खटिने इन्जिनियरहरुका लागि अभिमुखीकरण तालिम स¬चालन गरिएको छ । उक्त तालिम ४ जना सिनियर इन्जिनियर र ८१ जना सिभिल इन्जिनियरहरुको सहभागिता रहेको छ । मध्यपश्चिम विश्वविद्यालयको आयोजना र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहकार्यमा संचालन भईररेको छ ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमज्यूको प्रमुख आतिथ्यता एवं ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङ्गका डीन सह–प्रा. डा. राजन सुवालज्यूको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उद्घाटन समारोह लगत्तै विज्ञज्यूहरुद्वारा विभिन्न तालिम सत्रहरु संचालन भईरहेका छन् ।
ग्य्राजुएट स्कुल अफ इन्जिनियरिंगका डीन सह–प्रा. डा. सुवाल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुदिप भट्ट, ई. रविन चौलागाई, ई. राम बहादुर केसी ई. युवराज भण्डारीज्यूहरुले विज्ञ प्रशिक्षकको रुपमा तालिम सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।
विश्वविद्यालय अन्तर्गत विभिन्न ग्य्राजुएट स्कुलका डीनहरु, कार्यकारी निर्देशक, परीक्षा व्यवस्थापन कार्यालय प्रमुख, अतिथि विज्ञहरु, प्राध्यापक, स्ववियु सभापति लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङ्का विभागीय प्रमुख ई. गोविन्द खत्रीले प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन उप– प्राध्यापक कमला तिवारीले गरेका थिए ।