छैटौं जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर र कल्पनाले जिते

जुम्ला, २८ वैशाख ।
जुम्लाका दलबहादुर कुँवर र कल्पना बुढाले छैटौं जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि जितेका छन् ।५१ किलोमिटर म्याराथन दूरी दलबहादुर कुँवरले ५ घण्टा ५३ मिनेट १७ सेकेण्डमा पूरा गरी उपाधि जितेका हुन् । ६ घण्टा ७ मिनेट ५५ सेकेण्डमा दूरी पूरा गर्दै त्रिभुवन आर्मी क्लबका हाेमलाल श्रेष्ठ दोस्रो हुँदा ६ घण्टा १० मिनेट ४ सेकेन्डमा दूरी पूरा गरेका साेमबहादुर रावत तेस्रो भए ।

७ घण्टा ५१ मिनेट ३२ सेकेण्डमा दूरी पूरा गरि कल्पना बुढा महिलातर्फ विजेता बनिन् । दोस्रो भएकी राज्यलक्ष्मी रावलले ८ घण्टा ४८ मिनेट ४१ सेकेण्डमा पार गरेकी थिइन्। तृतीय भएकी सन्दिभा बुढाले ८ घण्टा ४६ मिनेट २ सेकेण्डमा ५१ किलोमिटर दूरी पूरा गरिन्। कर्णाली स्पोर्टस क्लब जुम्लाको आयोजना सम्पन्न अल्ट्रा म्याराथनमा पुरुष र महिला दुवैतर्फको उपाधि विजेताले नगद १ लाख रुपैयाँ प्रमाणपत्र र मेडल पुरस्कार पाए ।

दोस्रो र तेस्रो हुनेले क्रमश: ७५ हजार र ५० हजार रुपैयाँ नगद, प्रमाणपत्र र मेडल पुरस्कार पाए ।म्याराथन २ सय ३५० मिटर उचाइस्थित जुम्ला खलंगा बजारबाट सुरु भएर जुम्लाको सदरमुकाम खलंगाको बाल मन्दिर देखि सुरु भएर चेरे,खाली,न्याउरी घाट,चौथा,डाब,चुचेमारा हुदैं रारा तालक्षेत्रको २ हजार ९ सय ८० मिटर उचाइमा पुगेर समापन भएको थियो।

जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिमा अन्तिम आउने व्यक्ति साझ ७ वजेर २८ मिनेटमा फिनिसिङ्ग पोइन्टमा पुग्नु भएको थियोे। यस्तै १० किलोमिटरका पुरुषतर्फ प्रथम हरि बाेहाेरा भएका छन्। भने दाेस्राे दिपेन्द्र बुढा र तृतीय महेन्द्र कठायत भएका थिए। भने महिला तर्फ प्रथम संगीता बुढा,दाेस्राे सुरेशा बुढा र तृतीय हिमाली भण्डारी भएकी थिइन्।

यसैगरी क्रमशः प्रथम हुनेलाई १० हजार नगद, स्वर्ण पदक प्रमाणपत्र,द्धितीय हुनेलाई ६ हजार नगद, सिल्भर पदक प्रमाणपत्र र तृतीय हुनेलाई ४ हजार नगद, कास्य पदक प्रमाणपत्र प्रदान गरिएकाे छ्। यता ५ किलोमिटर पुरुषतर्फ प्रथम पदमराज धिताल,दाेस्राे नवीन चाैधरी र तृतीय सराेज कटुवाल भएकाे आयोजक क्लबले जनाएको छ।

यस्तै महिला तर्फ प्रथम विपना थारु,दाेस्राे सुनिता हमला र तृतीय सुनिता शाही भएकी थिइन्। क्रमशः प्रथम हुनेलाई ५ हजार रुपैयाँ, स्वर्ण पदक,प्रमाणपत्र द्धितीय हुनेलाई ३ हजार नगद, सिल्भर पदक प्रमाणपत्र, र तृतीय हुनेलाई २ हजार नगद, कास्य पदक प्रमाणपत्र प्रदान गरिएकाे थियोे।

यो वर्षको म्याराथनमा ५ सय ९१ जना धावक सहभागी थिए। अघिल्ला वर्षमा ४९ किलोमिटरमा भइरहेको थियो । जुम्ला रारा-अल्ट्रा म्याराथनमा ४ जना विदेशी खेलाडी सहभागी छन् । त्रिभुवन आर्मी क्लबबाट २ जना धावक सहभागी भएका छन् भने पोल्यान्ड, अमेरिका, फ्रान्स र भारतका १–१ जना गरेर ४ जना धावकले भाग लिएका हुन् ।  जुम्ला रारा -अल्ट्रा म्याराथन अन्तर्गत ५ किलोमिटर र १० किलो मिटरको दौड भएको छ ।

५ किलोमिटरमा १ सय ५५ जना र १० किलोमिटर दौडमा ३ सय ५५ जना खेलाडी सहभागी थिए।पाँचथर,काठमाडौँ,नुवाकोट,चितवन,बाँके, सप्तरी लगायतका १० जिल्लाबाट खेलाडीहरू जुम्ला आइपुगेका छन् । म्याराथनमा देवीदत्त गण जुम्लाले स्वयंसेवकको भूमिका निभाएकाे थियो।

Leave a comment

Your email address will not be published. Required fields are marked *