विपन्न परिवारलाई कपडा वितरण

सुर्खेत, २४ बैशाख ।

कालीकोट तिलागुफा नगरपालिकाका विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड सुर्खेतले राहत सामाग्री कपडा वितरण गरेको हो ।

गत वर्षको आसोज महिनामा आएको अविरल वर्षा, आगलागीबाट क्षेती तथा विपन्न ५७ घरपरिवारहरुलाई डसना र ब्ल्याङ्केट वितरण गरिएको छ । उक्त कार्यक्रममा तिलागुफा नगरपालिका वडा नं. ५ को वडा अध्यक्ष उपेन्द्र प्रसाद न्यौपान,े सोही नगरपालिकाको वडा नं. ७ को वडा अध्यक्ष दिप बहादुर शाही लगाएत समाजसेवी टेकराज शाही को उपस्थिती थियो । कार्यक्रममा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लि. कर्णाली प्रादेशिक कार्यालय प्रमुख राकेश वि.सी.ले सामाग्री हस्तान्तरण गरेका थिए ।

विपन्न परिवारलाई कपडा वितरण

सुशासन सुधारका कदमले आशा जगाएको छ :

Leave a comment

Your email address will not be published. Required fields are marked *