पब्लिक एकेडेमीमा विद्यार्थीको स्वागत
सुर्खेत,२७ बैशाख ।
पब्लिक एकेडेमी सेकेन्डरी स्कुल वीरेन्द्रनगर–१ सुर्खेतको आयोजनामा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न भएकोछ । शैक्षिक सत्र २०८२÷०८३ का लागि विद्यालयमा भर्ना भएका विद्यार्थीहरुको उपहारसहित स्वागत गरिएको थियो ।
विद्यालयका प्रिन्सिपल गिता कुमारी खनालको अध्यक्षता तथा विद्यालयका कार्यकारी निर्देशक दिपेन्द्रराज खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा लेखापाल शोभा लामिछाने, एकेडेमिक इन्चार्ज भरत सिजापति, नर्सरी/युकेजी/एकेजी फ्याकल्टी चिफ सैनु सुनार, कक्षा १–३ एकेडेमिक इन्चार्ज संगीता पौडेल, कक्षा ४–६ एकेडेमिक इन्चार्ज सिता बिसी साथै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका अँग्र्रेजी विषयका प्राध्यापक ताराप्रसाद पौडेलको समेत उपस्थिति रहेको थियो र विद्यालयका इसिए इन्चार्ज सुमन कार्की को स्वागतबाट अगाडि बढेको कार्यक्रमको सञ्चालन परीक्षा प्रमुख किशोर पोख्रेलले गरेका थिए ।