जुम्ला-रारा अल्ट्रा म्याराथन सुरु

गोल्डेन बुढा
जुम्ला, २७ बैशाख ।
जुम्लामा छैटौँ जुम्ला-रारा अल्ट्रा म्याराथन सुरु भएको छ । जुम्लाको सदरमुकाम खलंगा बजारको मुटु मानिने बाल मन्दिरबाट म्याराथन सुरु भएको हो । म्याराथनको उद्घाटन जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सिठी फुकेर गरेका थिए। म्याराथन बिहान साढे ६ बजेदेखि सुरु भएको थियोे ।

यो वर्षको म्याराथनमा ५ सय ९१ जना धावकले भाग लिएको कर्णाली खेलकुद क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले जनाए। जुम्लादेखि रारा ताल सम्मको ५१ किलोमिटर दुरीमा भएको छ।अघिल्ला वर्षमा ४९ किलोमिटरमा भइरहेको थियो । जुम्ला-रारा अल्ट्रा म्याराथनमा ४ जना विदेशी खेलाडी सहभागी छन् । त्रिभुवन आर्मी क्लबबाट २ जना धावक सहभागी भएका छन् । भने पोल्यान्ड, अमेरिका, फ्रान्स र भारतका १–१ जना गरेर ४ जना धावकले भाग लिएका हुन् ।

जुम्ला-रारा अल्ट्रा म्याराथन अन्तर्गत ५ किलोमिटर र १० किलो मिटरको दौड भएको छ । ५ किलोमिटरमा १ सय ५५ जना र १० किलोमिटर दौडमा ३ सय ५५ जना खेलाडी सहभागी थिए। पाँचथर, काठमाडौँ, नुवाकोट, चितवन, बाँके, सप्तरी लगायतका १० जिल्लाबाट खेलाडीहरू जुम्ला आइपुगेका छन् । खाली पाटन, चौथा, डाब, चुचेमारा बेस क्याम्प, चुचेमाराको टपमा चेक प्वाइन्ट राखिएको छ ।

म्याराथनमा देवीदत्त गण जुम्लाले स्वयंसेवकको भूमिका निभाइरहेको छ ।खलंगाको बाल मन्दिर देखि चेरे,खाली,न्याउरी घाट,चौथा,डाब,चुचेमारा हुदैं रारा ताल पुग्ने मार्ग तय भएको छ । म्याराथनमा २८ लाख भन्दा धेरै रकम लाग्ने अनुमान छ । खेलकुदका माध्यमबाट कर्णालीको पर्यटकीय सुन्दरताको उजागर गर्ने उदेश्यले हरेक वर्ष म्याराथन भइरहेको छ।

जुम्ला-रारा म्याराथन एउटा इभेन्ट मात्र नभएर खेलाडी उत्पादन गर्ने माध्यम बनेको विश्वकृतिमानी धावक हरीबहादुर रोकायाले बताए । धावक धाविकालाई पञ्चेबाजा बजाएर बिदाइ गरिएको थियो । म्याराथनमा खेलाडीको हौसलाका लागि गाउँ बस्तीदेखि स्थानीय बासिन्दाहरू सदरमुकाम खलंगा आइपुगेका हुन्। म्याराथनमा प्रथम हुनेले एक लाख, द्वितीय हुनेले ७५ हजार र तृतीय हुनेले ५० हजार रुपैयाँ नगद, प्रमाणपत्र र मेडल पाउने छन्।

क्याप्सन म्याराथन सुरु गरिएको तस्बिर गोल्डेन बुढा 

Leave a comment

Your email address will not be published. Required fields are marked *