सिद्धार्थ पाठशालामा मावि स्तरिय निबन्ध प्रतियोगिता

सुर्खेत, २७ बैशाख ।
कोपिला बाल विकास समाज सुर्खेतको आयोजनामा मावि स्तरिय निवन्ध प्रतियोगिता सम्पन्न भएको छ । कक्षा–७ मा अध्ययनरत विद्यालयहरुका विचमा प्रतियोगिता गरिएको थियो । ‘गाउँले जीवन’ शीर्षकमा निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो ।

२०८१ माघमा २ वटा स्कुल केन्द्रमा विभिन्न १० वटा विद्यालयका ४८ जना विद्यार्थीहरुले एक साथ प्रतियोगितामा सहभागि भएका थिए । निवन्ध प्रतियोगिताका उत्कृष्ट ५ जना विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । सिद्धार्थ पाठशालीका छात्रा तारा बस्नेत प्रथम स्थान प्राप्त गरेकि छन् ।

सामान्य अंकप्राप्त गर्ने १८ जना विद्यार्थीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको थियो । वीरेन्द्रनगर नगरपालिका उपप्रमुख निलकण्ठ खनालको प्रमुख आतिथ्यतामा गणेशचोक स्थित सिद्धार्थ पाठशालामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष शेर बहादुर केसी, समाजसेवी कुलदिप भट्ट, मुल्याङ्कनकर्ता धना खनाल, संस्थाका विशिष्ट सदस्य सुधा रेग्मी, टिका भट्ट, जीवन्त भट्ट, सुरेन्द्र भट्ट, आजिवन सदस्य गोपिराम रावत, निरञ्जना गिरी, वाग्मती गुरुङ तथा सिद्धार्थ पाठशालाकी प्रिन्सिपल लिना रानाको उपस्थिति रहेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *