घुँयत्राे : रास्वपाका सांसदहरु कडा त कडै …

रास्वपाका सांसदहरु कडा त कडै रैछन हाे । भिजिटभिसा काण्ड बाहिरिएदेखि नै संसदमा बखेडा झिकेर सदननै चल्न नदेका उनरले अँझै पनि सदनाँ सत्तारुढ नेताहरलाई सजिलै बाेल्न दि राछैनन । बिचरा सरकारलाई यै बेलाँ बजेट नल्याई नभा अनि रास्वपालाई नि आफ्नाे अध्यक्षकाे बदला नलिनभाकाे अनि के खाेज्छस ……….. आँखा भन्याझैँ यै हाे माैका काँग्रेस एमालेलाई तह […]

सम्पादकीय : जलविद्युतमा लगानीको खाँचो

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ देखि स्थानीय तह र निजी क्षेत्रको सह–लगानीमा जलविद्युत आयोजना निर्माण गर्ने नीति लिने भएको छ । १ असारमा प्रस्तुत भएको प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेटमा प्रदेशको क्षेत्राधिकारभित्र पर्ने २० मेगावाटसम्मको जलविद्युत आयोजनाको पूर्व सम्भाव्यता अध्ययन कार्य अघि बढाइने जनाएको छ । जसका लागि प्रदेश […]

सम्पादकीय : अनुदानमा साना किसान खोई ?

प्रदेश सरकारले उपलब्ध गराएको अनुदान कार्यक्रमले कर्णालीका दुग्ध उत्पादक किसानलाई लाभ पुगेको छ । प्रदेश सरकारले दूध उत्पादनमा वृद्धि र पशुपालक किसानहरुलाई प्रोत्साहन गर्न आर्थिक वर्ष २०७८/०७९ बाट प्रोत्साहनवापतको अनुदान रकम सोझै किसानको खातामा जाने व्यवस्था मिलाएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार दूध उत्पादन गर्ने किसानहरुलाई प्रोत्सान गर्न हिमाली जिल्लाहरुमा प्रतिलिटर […]

वीरेन्द्रनगर र एमयूका बिच सहकार्यको सम्झौता

सुर्खेत, ४ असार । कर्णाली प्रदेश राजधानीको नगरपालिका वीरेन्द्रनगरले मध्यपश्चिम विश्वविद्यालयसँग विभिन्न विषयमा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन र सहकार्यका लागि सम्झौता गरेको छ । वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा ध्रवकुमार गौतमबिच सार्वजनिक महत्वका विषयमा सहकार्य गरेर अघि बढ्ने उदेश्यले सम्झौता गरिएको हो । दुबै निकायबिच सहयोग र सहकार्यका लागि सम्झौता गरेका […]

सम्पादकीय : बन्धक बनेको खेलकुद परिषद्

कर्णालीको खेलकुदको विकासका माध्यमबाट खेलकुद क्षेत्रलाई चलायमान बनाउन स्थापना गरिएको परिषद् भागवण्डाको गोलचक्करमा पर्दा थप बन्धक बन्दै गएको छ । परिषद्लाई पूर्णता दिनुको साटो गैर कानूनी बाटो अपनाउनमै प्रदेश सरकार उद्दत देखिन्छ । यसको पुष्टि कानूनले चिन्दै नचिनेको सरकारी कर्मचारीलाई सदस्य सचिव बनाउँन गरिएको निर्णयले गर्दछ । खेलकुद विकास ऐनमा सामाजिक विकास मन्त्रालयको सिफारिसमा प्रदेश […]

सम्पादकीय : तुइनमुक्त अभियान

संघीय सरकारले तुइन मुक्त नेपालको योजना ल्याएको झण्डै एक दशकपछि कर्णाली प्रदेश सरकारले यस सम्बन्धि कार्यक्रम ल्याएको छ । आगामी आर्थिक २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममा कर्णाली प्रदेश सरकारले तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने नीति लिएको हो । उक्त नीति अनुसार प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले सोमबार सार्वजनिक सूचना […]

सम्पादकीय : आयोजना थप्नेमा होइन कार्यान्वयनमा ध्यान देऊ

जाजरकोट र रुकुम पश्चिमको बिच भागबाट बग्ने भेरी नदीमा दुई ७० मेगावाट क्षमताको नयाँ अर्धजलाशययूक्त जलविद्युत आयोजना निर्माण हुने भएको छ । जाजरकोटको नलगाढ नगरपालिका–१०, ११, १२, १३ र रुकुम पश्चिमको आठविसकोट नगरपालिका–४, ५ र ६ मा गेजुवा ग्रुप पावर इन्भेष्टमेन्ट नेपाल प्रालिले दुई सय ७० मेगावाट क्षमताको भेरी–१ अर्धजलाशययुक्त जलविद्युत् आयोजना विकास गर्न लागेको […]

सम्पादकीय : खेलकुद परिषद्लाई निकास देऊ

कर्णाली खेलकुद विकास परिषद् विवादमा परेको छ । कर्णाली प्रदेशको खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन विपरित कर्मचारीलाई सदस्य सचिव नियूक्त गरिएको पत्र बाहिरिएपछि परिषद् विवादमा तानिएको हो । सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकुद महाशाखामा कार्यरत उपसचिव (दशौ) तहका कर्मचारी जवाहरलाल हमाललाई सदस्य सचिवको जिम्मेवारी दिने निर्णय गरिएको छ । मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्को […]

कर्णालीमा जलविद्युत् : ठूला गफ, उपलब्धी शून्य

कर्णाली प्रदेशमा विभिन्न समयमा गरिएका अध्ययनले झण्डै १८ हजार मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने अथाह सम्भावना औल्याएका छन् । यो समर्ग देशकै कुल जलविद्युत विकासको महत्वपूर्ण हिस्सा हो । तर यथार्थमा कर्णालीमा हाल उत्पादन भईरहेको विद्युत् मात्र १६ मेगावाट जति छ, जुन उपलब्ध स्रोतको तुलनामा निकै सानो अंश हो । प्रचुर सम्भावनाका बाबजुद प्रदेशमा आर्थिक […]

सम्पादकीय : भेरी लिफ्टलाई निकास

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कार्यान्वयनमा ल्याइरहेको ‘ड्रिम प्रोजेक्ट’ भेरी लिफ्टिङ खानेपानी आयोजनाले सम्पूर्ण कानूनी प्रक्रिया पुरा गरेको छ । वीरेन्द्रनगर नगरपालिकाले संघीयता कार्यान्वयनपछि खानेपानीको क्षेत्रमा संघीय सरकारबाट पाएको सबैभन्दा ठूलो लगानीमा बन्न लागेको खानेपानी आयोजना कार्यान्वयन गरिरहेको छ । संघीय सरकारले आयोजनाको मुहान तथा पानी ट्रिटमेन्ट प्लाटसम्मको पहुँच मार्ग विस्तारका लागि लेकबेसी नगरपालिका–१०, […]

सांसदसँग संवाद : नेताले भ्रष्टाचार गर्दैनन् भन्ने आभास दिन सक्नुपर्छः नेता थानी

नेपाल विद्यार्थी सघमा आबद्ध भई तीसको दशकदेखि राजनीति सुरु गर्नुभएका नेपाली कांग्रेसका नेता हृदयराम थानीले भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा निरन्तर आवाज उठाउँदै आएका छ । कर्णाली प्रदेश, सुर्खेतको वीरेन्द्रनगर–१ बाङ्गेसिमलका थानी हाल सुर्खेत निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन । यसअघि वि.सं. २०५६ मा प्रतिनिधिसभा सदस्य, वि.सं. २०७० मा संविधानसभा सदस्य […]

सम्पादकीय : विकासको असारे प्रवृत्ति

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको ९ महिनामा कुल विकास बजेटको २५.२६ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक बर्ष २०८१–०८२ सकिन दुई महिना बाँकी रहँदा विकास बजेट खर्चको दायरा बढ्न सकेको छैन । प्रदेश लेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको तथ्यांकमा १० महिना अर्थात् वैशाख मसान्तसम्म विकास बजेट खर्चको गति अपेक्षा गरिएअनुसार अघि बढ्न सकेको […]

वित्तिय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यशाला

सुर्खेत, १८ जेठ । वैदेशिक रोजगारीमा रहेका युवाहरुको परिवारका लागि वित्तिय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यशाला सम्पन्न भएको छ । अङ्कुर नेपाल सुर्खेतको आयोजनामा के–हामी परियोजना अन्तरगत रोजगारीका लागि कोरियामा रहेका युवाहरुको परिवारलाई परामर्श गरिएको हो । नेपालबाट रोजगारीका लागी दक्षिण कोरियामा रहेका नेपालीका परिवारका सदस्यहरुलाई कोरियामा दुःख गरेर कमाएको पैसाको कसरी सदुपयोग गर्ने, कुन […]