वित्तिय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यशाला

सुर्खेत, १८ जेठ ।
वैदेशिक रोजगारीमा रहेका युवाहरुको परिवारका लागि वित्तिय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यशाला सम्पन्न भएको छ । अङ्कुर नेपाल सुर्खेतको आयोजनामा के–हामी परियोजना अन्तरगत रोजगारीका लागि कोरियामा रहेका युवाहरुको परिवारलाई परामर्श गरिएको हो ।
नेपालबाट रोजगारीका लागी दक्षिण कोरियामा रहेका नेपालीका परिवारका सदस्यहरुलाई कोरियामा दुःख गरेर कमाएको पैसाको कसरी सदुपयोग गर्ने, कुन क्षेत्रमा लगानी गर्ने भन्ने विषयका साथै भविश्यको सुनौलो जीवनका लागी बचत तथा मितव्ययीता सम्वन्धि परामर्श तथा कोरियामा काम गर्दै गरेका मजदुरले भोग्ने मानसिक पिडा र सो पिडामार्फत निम्तिन सक्ने सम्भावित जोखीम र पारिवारको भुमिका का विषयमा मनोसामाजिक विमर्ष सेवा सम्बन्धमा छलफल गरिएको थियो ।
लामो समय कोरियामा काम गरि हाल सुर्खेतमा सामाजिक कामसँगै व्यवसाय गरिरहेका लक्ष्मिनारायण बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम दिपा ढकालले सञ्चालन गरेकी थिइन ।

वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख निलकण्ठ खनालले आफूलाई अमेरिका, अष्ट्रेलिया, यूरोप जाने भन्दा कोरिया जाने भनेको सुन्दा खुशी र गर्व लाग्ने किनकी अन्य देशहरुबाट पुँजि र सिप नेपाल खासै नफर्किर्ने तर कोरियाबाट सिप, पुँजी दुवै फर्किर्ने र स्वदेशमै धेरै जनाले उधमशिलता मार्फत रोजगारी वृद्धिमा सहयोग पुरयाइरहेको बताए ।
कार्यक्रममा अर्का अतिथी वीरेन्द्रनगर वडा नं. ९ का अध्यक्ष ऋषि गिरीले कोरियामा रोजगारी गरेर स्वदेश फिर्ता पछि धेरै यूवाहरुले स्वदेशमै आफ्नै सामथ्र्यमा निक्कै राम्रा काम गरिरहेको र सबै वर्तमान परिवेशमा उनीहरुका परिवारलाई आर्थिक सचेतता तथा पारिवारीक भुमिका बारे बेला बेलामा कार्यक्रम भइराख्नु पर्ने बताए ।
कार्यक्रमका विशेष अतिथी वीरेन्द्रनगर स्थित ए–वन एजुकेशनका कोरियन भाषा प्रशिक्षक तथा अङ्कुर नेपालका आजिवन सदस्य डायमण्ड ज्योती शर्माले पहिलो पटक विरेन्द्रनगरमा आयोजित यस कार्यक्रम को परिचय, औचित्य तथा भावी कार्यक्रमका विषयमा प्रकाश पार्दै स्थानीय स्रोतमा योजना तर्जुमा तथा बजेट विनियोजन गर्दा विदेशबाट फर्किएका व्यक्तिहरू मध्येबाट पनि सहभागीता गराएमा निक्कै प्रभावकारी हुने कुरा पनि बताए ।
करिब १०० जना सहभागीहरु को निक्कै उत्साहजनक सहभागीता र अर्थपूर्ण छलफल भएको कार्यक्रममा वित्तीय सुरक्षा सम्बन्धीशत्र खेमराज जोशीले गरेका थिए भने मनोसामाजिक परामर्शको शत्र मनोसामाजिक परामर्षदाता शेर बहादुर कुमालले गरेका थिए ।







