स्वास्थ्य शिक्षा दिदै : जुम्ला प्रतिष्ठानका विद्यार्थी

गाेल्डेन बुढा जुम्ला
जुम्ला ,१८ जेष्ठ ।
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीले जुम्लाका विकट बस्तीमा पुगेका छन्। उनिहरु सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रम लिएर दुर्गम गाउँ-बस्ती पुग्ने गरेका छन्।जुम्लाको सिंजा गाउँपालिका अन्तर्गतका विभिन्न वडाका महिलाहरुलाई सरसफाइ बालबालिकालाई नियमित, क्षयरोग, एचआईभी एड्स, झाडापखाला जस्ता सरुवा तथा नसर्ने रोगसम्बन्धी स्वास्थ्य शिक्षा सिकाइ रहेका छन्।स्वास्थ्य शिक्षा कार्यक्रम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातक तहअन्तर्गत एमबीबीएस पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरु हुन्।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक पाठ्यक्रम बमोजिम अध्ययनरत विद्यार्थीलाई समुदायिक स्वास्थ्य निरुपणको लागि करिब एक महिनासम्म सिंजा गाउँपालिका भित्रको विभिन्न समुदायमा खटाएको छ।

सिंजाकाे -१ वडा जाँच,२ नम्बरको चुलेलगाउँ,३ काे नराकाेट,५ नम्बरको शनिगाँऊ र ६ नम्बरको जाेडुमा विद्यार्थी पुगेका थिए।विद्यार्थीहरुले समुदायको स्वास्थ्य स्थिति पहिचान गर्न, स्वास्थ्य सेवा र स्वास्थ्य समस्याहरूप्रति ज्ञान दृष्टिकोण र अभ्यासहरू मूल्याङ्कन गरिरहेका छन्।समुदायमा स्वास्थ्य समस्याको सम्भावित निर्धारकहरू पहिचान गर्न, जोखिममा रहेका जनसङ्ख्याको पहिचान गर्न बाहिर निस्कने र सम्भावित स्रोतहरू अन्वेषण गर्न विद्यार्थीहरु निरन्तर खटिएको एमबिबिएसमा अध्ययनरत विद्यार्थी पारस धामीले बताए।’स्वास्थ्य समस्यालाई प्राथमिकता दिने र सामुदायिक सदस्यहरूसँग मिलेर यी समस्याहरू समाधान गर्न हामीहरु करिब एक महिनासम्म समुदाय स्तरमा स्वास्थ्य शिक्षा कार्यक्रम गरिरहेका छौँ,’ विद्यार्थी धामीले भने।उनिहरुले खटिएका सबै गाउँ बस्तीका महिला समूहमा भएका तथा नभएका सबै महिलाहरुलाईलाई क्षयरोग, एचआइभी एड्स,,सरसफाइ,बालबालिकालाई नियमित खाेप, झाडापखाला जस्ता सरुवा र नसर्ने रोगबारे ज्ञानको अभावका कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एमबीबीएस पहिलो वर्षका विद्यार्थीले यसबारे स्वास्थ्य शिक्षा सम्बन्धि जानकारी दिएका छन्।

विद्यार्थीले उनीहरुलाई क्षयरोग, झाडापखाला, एचआइभी एड्स जस्ता रोगको परिचय, कारण, सङ्क्रमणको मोड, सङ्केत र लक्षण, रोकथामका उपायबारे सिकाएका छन्।यस्तै सम्बन्धित वडाध्यक्ष, विद्यार्थी,प्रहरी, शिक्षक, महिला स्वयंसेविकालगायत समुदायका नागरिकको बाक्लो उपस्थितीमा सामुदायिक स्वास्थ्य निरुपण अभिमुखीकरण कार्यक्रम गरिएको थियो।विद्यार्थीले गरेका यस अवधिभर सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रमको तथ्यांक सञ्चालन गरेेका थिए।
क्याप्सन: स्वास्थ्य शिक्षा दिदै विद्यार्थी तस्बिर गाेल्डेन बुढा

स्वास्थ्य शिक्षा दिदै : जुम्ला प्रतिष्ठानका विद्यार्थी

वित्तिय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यशाला

स्वास्थ्य शिक्षा दिदै : जुम्ला प्रतिष्ठानका विद्यार्थी

युवालाई स्थानीय परिकार बनाउने सीप

Leave a comment

Your email address will not be published. Required fields are marked *