युवालाई स्थानीय परिकार बनाउने सीप

गाेल्डेन बुढा जुम्ला
 जुम्ला,१९ जेष्ठ
जुम्लाको कनकासुन्दरी गाउँपालिका -५ कि निरमाया बुढालाई फापरकाे राेटी र हलुवा मात्रै बन्छ।होला भन्ने साेचेकी थिइन्।एप्पल गार्डेन हाेमस्टे खाेलेकी बुढाले याे त मेरा लागि अति उपयोगी सीप भएको बताइन्।अब धेरै परिकार बनाएर खान्छौं र नयाँ आगन्तुकलाई पनि खुवाउँछुँ।”उनलेे भनिन्। मुगुको राराताल जाने एक वर्ष अघि बाटोमै उनले व्यावसाय सुरु गरेकी छन्। रारा पुग्ने पर्यटकहरू उनकाे हाेमस्टेमा बनाइएका परिकार र खानाको स्वाद नचाखी जादैनन्।उनीहरूलाई कोदो र फापरका परिकारको चख्याउने धोको छ।’ कोदो र फापर अर्गानिक बाली हुन् । त्यसैमा पनि त्यहीबालीबाट बन्ने परिकारले झनै महत्व राख्नेछन, उनले थपिन ।’स्थानीय परिकार बनाउने सीप सिक्न १० दिन अघि जुम्लाको सदरमुकाम खलंगा पुगेकी थिइन् ।

सिकेको सीपलाई व्यवहारमा उतारेर फापर र कोदोका परिकार बनाएर बजारमा लैजाने सोचमा छन।यस्तै जुम्लाको गुठिचाैर गाउँपालिका -४ का एकराज खत्रीले पनि काेदाेलाई ढिँडो र रोटी बनाएर खानुहुन्थ्यो।जब उनिहरुले परिकार बनाउने सीप सिके,स्थानीय रैथाने बालीका धेरै परिकार बनाएर खान मिल्ने रहेछ? भन्ने थाहा पाए।रैथाने बालीको धेरै परिकार बनाउन सकिने भए पनि परम्परागत तरिकाले मात्र यसको उपभोग हुँदै आएको छ । रैथाने बालीको परिकार बनाउने तालिमले धेरै परिकारहरू बनाउन सिकाएको चन्दननाथ नगरपालिका -४ का पदमबहादुर थापाले बताए।“कोदो, मकै, फापर लगायत सँधै खान्थ्यौं”, पदमबहादुरले भने, “यी वस्तुबाट त धेरै परिकार बन्दो रहेछ । हामीले त परिकार बनाएर खान जानेका रहेनछौं । अब धेरै परिकार बनाएर खान्छौं।हामी बेरोजगार भनिरहन्छौं ।

तर आफ्नै आगनमा फल्ने स्वादिला बालीहरूको परिकार बनाउन सकिरहेका छैनौ । यो दुःखद पक्ष हो।’ उनलेे भने,”यस्तै सिंजा गाउँपालिका -४ का मानबहादुर बुढाले फापरको स्वादिलो केक, नमकिन बनाउन सकिने बताए । “रैथाने बाली फपरको केक,नमकिन र बिस्कुट बनाउन सकिने रैछ, किन बजारको आयतित खानुपर्‍याे र !” उनले भने, “घरमै फापरको नमकिन,केक,बिस्कुट, हलुवाजस्ता स्वादिला परिकार बनाउन जानेपछि खुसी लाग्यो।निरमाया, एकराज,पदमबहादुर र मानबहादुर प्रतिनिधि पात्रहरू मात्रै हुन । जुम्लाको एक नगरपालिका र सात गाउँपालिकाका युवाहरूले फापर र कोदोका परिकार बनाउने सीप लिएका छन।”उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले ”एक जिल्ला एक उत्पादन सीप सँग सहयाेग कार्यक्रम ”अन्तर्गत जुम्लाका १० जनालाई रैथाने बालीका परिकार बनाउने तालिम दिइएको थियो। जसमध्ये तीन जना नगरपालिका भित्रका र सात गाउँपालिकाबाट १/ १ जना सहभागी थिए।उनिहरूलाई रैथाने बालीबाट स्वादिला परिकार बनाउन सिकाइएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका कार्यालय प्रमुख मन्दिरनाथ याेगीले बताए।योगीले फापर र कोदोका परिवारले रोजगारीको अनुभुती गराउने बताए। उनले भने्, ‘तपाइहरू परिकार बनाएर उद्यमी बन्नुस् । बजारको लागि हामी पहल गर्छौं ।

फापर र कोदोका परिकार बनाउन ६० हजार बराबरको सामाग्री उपलब्ध गराइनेछ। उद्योग दर्तादेखि परिकार बनाउने सामानहरू विशेष अनुदानमा उपलब्ध गराउने बताउँछन्।स्थानीयलाई फापरको रोटी,नमकिन हलुवा,बिस्कुट,केक, अण्डा मिक्स फापरकाे कप केक, केराकाे केक, काेदाेकाे नमकिन,केक, बिस्कुट , सिस्नुकाे बिस्कुट, मकैकाे बिस्कुट,पाउराेटी, काेदाे केराकाे ब्रेट, काेदाेकाे कप केक लगाएतका परिकार बनाउन सिकाइएकाे प्रशिक्षक चित्रबहादुर बुढाले बताए। बुढा जुम्लाको गुठिचाैर -३ गर्ज्याङकाेट गाउँका हुन्।विदेशका होटलहरूमा लामो समय काम गरेर गाउँ फर्किएका चित्र अहिले प्रशिक्षक बनेर सिकाइरहेका छन।यता जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले फापर र कोदोका परिकार बनाउन सकेमा राम्रो फाइदा हुने बताए ।

अब गाउँमा आउँदा कोदो र फापरका परिकार चाख्ना पाउनेमा जोड दिए।स्थानीय रैथाने वस्तुको परिकार स्वादिलो मात्र नभएर धेरै स्वस्थकर पनि हुने भएकाले यसको प्रवर्धन गर्न आवश्यक छ।बजारमा उत्पादन भएका आयतित खानेकुराभन्दा रैथाने खानेकुरालाई नै जोड दिनुपर्छ,भन्ने उदेश्य हो।” सीप सिकौं, रोजगार बनौ´´नारा छ।कर्णाली प्रदेश सरकारको एक जिल्ला एक उत्पादन सीप सहयोग कार्यक्रमले धेरै युवाहरु सीप सिकेर रोजागारी बन्ने बाटोमा अग्रसर हुने अपेक्षा गरिएको छ । जुम्लाका ८ वटै स्थानीयतहका ६० वटै वडामा फापर र कोदोखेती हुने गरेको छ । यता कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार ८ सय ४० हेक्टरमा कोदो खेती भइरहेको थियो । तर अहिले ३ हजार ७ हेक्टरमा मात्र खुम्चिएको छ ।भने आर्थिक वर्ष २०७८/०८९ काे तथ्यांकअनुसार ९० हेक्टर क्षेत्रफलमा ९९ मेट्रिक टन उत्पादन भएको थियो।
क्याप्सन: रैथाने बालीको परिकार बनाउन सिक्दै स्थानीय तस्बिर गाेल्डेन बुढा ।

युवालाई स्थानीय परिकार बनाउने सीप

स्वास्थ्य शिक्षा दिदै : जुम्ला प्रतिष्ठानका विद्यार्थी

युवालाई स्थानीय परिकार बनाउने सीप

नरैनापुरमा ९ जना कुष्ठरोगीसहित २६६ जनामा छालाको

Leave a comment

Your email address will not be published. Required fields are marked *