बुढानिलकण्ठ नगरपालिका र डोल्पाका दुई पालिकाबीच शैक्षिक साझेदारी

डोल्पा । शैक्षिक सुधारको साझा प्रयासस्वरूप काठमाडौँको बुढानिलकण्ठ नगरपालिका तथा त्रिपुरासुन्दरी नगरपालिका र शे–फोक्सुण्डो गाउँपालिकाबीच त्रिपक्षीय शैक्षिक साझेदारीका लागि सम्झौता भएको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा आयोजित कार्यक्रममा तीनवटै पालिकाका प्रमुखहरुले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

अछामको आगलागी प्रभावितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले अछामको बान्नीगढीजयगढ गाउँपालिकास्थित जयगढ बजारमा गए राति भएको आगलागी पीडितलाई तत्काल रु ५० लाख सहयोग गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकपछि मुख्यमन्त्री कमलबहादुर शाहले अछाममा आगलागी पीडित परिवार तथा व्यवसायीलाई प्रारम्भिक चरणमा रु ५० लाख सहयोग […]

संरक्षण क्षेत्रका १४३ जनालाई क्षतिपूर्ति प्रदान

दार्चुल । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले संरक्षण क्षेत्रमा वन्यजन्तुबाट भएको क्षतिबापत १४३ जनालाई रकम वितरण गर्ने भएको छ । संरक्षण क्षेत्रका नागरिकलाई वन्यजन्तुबाट भएको पशुधन, अन्नबाली र मानवीय क्षतिको परिपूर्तिस्वरुप रकम प्रदान गरिने उक्त कार्यालयका सूचना अधिकारी मनोज अवस्थीले बताए । चालु आर्थिक वर्षमा हालसम्म १०५ जनालाई क्षतिबापतको रकम वितरण गरिएको तथा अन्य ३८ […]

मन्दिर परिसरमा शव फेला

कैलाली । जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियामा आज एक जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिसरमा पुरुषको शव फेला परेको हो ।

पूर्वाधार पुनर्निर्माणसँगै फेरियो विद्यालयको मुहार

बाँके । बर्सातमा पानी चुहिएर पठनपाठनमा समस्या हुने गरेको बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित रारा माध्यमिक विद्यालयका भवनमा नयाँ जस्तापाता र रङरोगनपछि चिटिक्क देखिएको छ ।

कर्णालीका परम्परागत विद्यालयलाई अस्तित्व जोगाउँनै मुस्किल

ओम शाहीसुर्खेत । कर्णाली प्रदेशमा सञ्चालित परम्परागत तथा धार्मिक पद्धतिमा आधारित विद्यालयलाई अस्तित्व जोगाउँन निकै चुनौति रहेको एक अध्ययनले देखाएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयद्वारा गठित कर्णालीमा सञ्चालित परम्परागत विद्यालयको अवस्था अध्ययन कार्यदलको प्रतिवेदन–२०८१ ले यस्तो देखाएको हो । मन्त्रालयले प्रदेशस्थित यस्ता विद्यालयको अध्ययन गरीसमयानुकूल प्रभावकारिता अभिवृद्धि गर्न सहयोग पु¥याउन आवश्यक सुझाव पेस […]

सम्पादकीय: स्वास्थ्य बीमाको दायरा बढाऊ

संघीय सरकारले २०७२ मा बीमामार्फत नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ ग¥यो । स्वास्थ्य बीमाद्वारा पूर्वभुक्तानीको माध्यमबाट बीमितको आर्थिक जोखिम न्युनीकरण गरी स्वास्थ्य सेवाप्रदायकको दक्षता र जवाफदेहिता अभिवृद्धि गरी स्वास्थ्य सेवामा आमनागरिकको सहज पहुँच सुनिश्चित गर्नु सरकारले लक्ष्य राखेको छ । जनस्वास्थ्यका दृष्टिकोणले सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम […]

कालीकोटको खाँडाचक्र नगरपालिकाले शिक्षकको आन्दोलनलाई समर्थन

सुर्खेत । कालीकोटको खाँडाचक्र नगरपालिकााले शिक्षकहरुले जारी आन्दोलन समर्थन गरेको छ । शिक्षकको आन्दोलनका कारणले नगरपालिकाभित्र शैक्षिक गतिबिधिमा असर परेका कारणले शिक्षकका मा पुरा गर्न माग गरेको हो । नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरू संघीय शिक्षा ऐन, नेपाल सरकारले हालसम्म पनि जारी नगरेका कारणले गर्दा आफ्‌ना माग सम्बोधन नभएको भनी उक्त संघीय […]

कर्णाली पुग्दा यहाँ नेता नभएको अनुभुति भयो : पूर्व सञ्चारमन्त्री बास्कोटा

जुम्ला । कर्णाली राजमार्ग हुँदै जुम्ला पुगेका सांसद, एमाले पोलिटव्यूरो सदस्य तथा पुर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले सडक हेर्दा यहाँ नेता नभएको टिप्पणी गरेका छन् । उनी कर्णाली राजमार्ग सुर्खेत, दैलेख, कालिकोट हुँदै स्थलमार्गबाट (कर्णाली राजमार्ग) जुम्ला पुगेका हुन् । उनले भने, सडक हेर्दा यहाँ विकास प्रेमी नेता नभएको अनुभुति भएको छ । ‘यो के सडक […]

जुम्लाको कनकासुन्दरीमा सञ्चालित आँखा शिविरबाट छ सयजना लाभान्वित

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित हाट–सिँजा स्वास्थ्य चौकीमा सञ्चालित दुईदिने निःशुल्क आँखा शिविरबाट छ सय एकजना लाभान्वित भएका छन् ।

अनुमतिबिना बन्दुक बोक्ने पक्राउ

बैतडी । अनुमतिबिना बन्दुक बोकेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । रातिको समयमा बन्दुकसहित हिँडिरहेको अवस्थामा भेटिएपछि युवालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बैतडीस्थित दशरथचन्द नगरपालिका–२ दाडीमगडाका ५५ वर्षीय राजबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । प्रहरी चौकी देहिमाण्डौबाट खटिएको प्रहरीले उनलाई एक थान भरुवा […]

२५० शासन गरेको राजतन्त्र प्रेत बनेर आयोः एमाले महासचिव पोखरेल

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंङ्कर पोखरेलले राजाप्रति संकेत गर्दै प्रेत बनेर आएको बताएका छन् । नेकपा(एमाले)ले सुर्खेतमा आयोजना गरेको जागरणसभामा बोल्दै महासचिव पोखरेलले २५० शासन गरेको राजतन्त्र अहिले प्रेत बनेर आएको बताएका हुन् । उनले एमाले सरकार भएपनि अहिले गणतन्त्रका पक्षमा सडकमा आएको बताए । ‘राजावादीहरु अहिले भन्छन् । गणतन्त्र के […]

एउटा गल्ती गर्दैमा लोकतन्त्रमाथि प्रश्न उठाउन पाइन्नः मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले एउटा व्यक्तिले गल्ती गर्दैमा लोकतन्त्रमाथि औला उठाउने नपाइने बताएका छन् । नेकपा(एमाले)ले सुर्खेतमा आयोजना गरेको जागरणसभामा बोल्दै मुख्यमन्त्री कँडेलले हामीले काम गर्दा कति ठाउँमा ढंग नपुगेको छ होला । तर, व्यक्ति बिषेश गरेका गल्तीलाई लोकतन्त्रमाथि औला उठाउने काम गर्न नमिल्ने बताएका हुन् । उनले तीन तहका सरकार रहेको अवस्थामा […]