कालीकोटको खाँडाचक्र नगरपालिकाले शिक्षकको आन्दोलनलाई समर्थन


सुर्खेत । कालीकोटको खाँडाचक्र नगरपालिकााले शिक्षकहरुले जारी आन्दोलन समर्थन गरेको छ । शिक्षकको आन्दोलनका कारणले नगरपालिकाभित्र शैक्षिक गतिबिधिमा असर परेका कारणले शिक्षकका मा पुरा गर्न माग गरेको हो ।


नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरू संघीय शिक्षा ऐन, नेपाल सरकारले हालसम्म पनि जारी नगरेका कारणले गर्दा आफ्‌ना माग सम्बोधन नभएको भनी उक्त संघीय शिक्षा ऐन जारी गराउने प्रयोजनका लागि मिति चैत २० गते देखि काठमाडौ केन्द्रीत भएकाले शैक्षिक गतिबिधि हुन नसकेको नगरपालिकाका प्रमुख कमलबहादुर शाहीले बताए । ‘नगरभित्रका सामुदायिक विद्यालयमा परीक्षाफल प्रकाशन, नयाँ भर्ना कार्यक्रममा प्रभावित भएको छ,’ उनले भने,‘जायज माग पुरा गराउनका शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पनि लेखेका छौं ।’

अनिश्चितकालिन आन्दोलन सुरु गरेको हुँदा उक्त आन्दोलनबाट विद्यालयका नियमित कामकाजका साथै नगरपालिकाको शैक्षिक सत्र २०८२ को भनां अभियानसमेत तोकिएको समयमा सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको प्रमुख शाहीले जानकारी दिए । ‘शिक्षक तथा कर्मचारीहरूका जायज मागहरूमा समर्थन रहेको व्यहोरा जानकारी गराउँदै उक्त जायज मागहरू यथाशीघ्र रूपमा सम्बोधन गरी आन्दोलनमा सहभागी शिक्षक तथा कर्मचारीहरूलाई उच्च मनोबलका साथ कार्यक्षेत्रमा फर्किने वातावरण सिर्जना गरिनुपर्छ,’ उनले भने ।

कालीकोटको खाँडाचक्र नगरपालिकाले शिक्षकको आन्दोलनलाई समर्थन

कर्णाली पुग्दा यहाँ नेता नभएको अनुभुति भयो

कालीकोटको खाँडाचक्र नगरपालिकाले शिक्षकको आन्दोलनलाई समर्थन

सम्पादकीय: स्वास्थ्य बीमाको दायरा बढाऊ

Leave a comment

Your email address will not be published. Required fields are marked *