‘शिक्षकका मागप्रति सरकार गम्भीर छ’

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शिक्षकका मागप्रति सरकार गम्भीर रहेको बताएका छन् । नेपाल शिक्षक महासङ्घ सङ्खुवासभाको टोलीसँग आज मन्त्रालयमा भएको भेटमा उनले शिक्षकका मागका सम्बन्धमा सरकारले सरोकारवालासँग छलफल गरी सम्बोधन गर्ने बताए ।

लालु–लैफु सडक निर्माण अन्तिम चरणमा

कालीकोट । जिल्लाको लाल–लैफु सडक निर्माण अन्तिम चरणमा पुगेको छ । नरहरिनाथ गाउँपालिकाको लालुबाट पचालझरना गाउँपालिका नानीकोट हुँदै बाजुराको सिमानासम्म जोड्ने लालु–लैफु राजमार्ग निर्माण अन्तिम चरणमा पुगेको हो ।

रुकुम पश्चिमका २२ हजार घरधुरीमा केन्द्रीय विद्युत् प्रसारण

रुकुम पश्चिम । जिल्लाको २१ हजार ८५५ घरमा केन्द्रीय विद्युत् प्रसारण जोडिएका छन् । छवटा स्थानीय तहमध्ये अझै १८ हजार घरमा केन्द्रीय विद्युत् प्रसारण पुग्न बाँकी रहेको रुकुम पश्चिम विद्युत् वितरण केन्द्र प्रमुख वीरमान रासकोटीले जानकारी दिए ।

कर्णालीमा बढ्दै अख्तियार दुरुपयोगका उजुरी आठ महिनाको अवधिमा नौ सय उजुरी दर्ता

रमेश रावलसुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो समय अख्तियार दुरुपयोगसम्बन्धी उजुरी बढ्दै गएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धानको आयोगको सुर्खेत कार्यालयमा चालू आर्थिक बर्षको आठ महिनामा नौ सय बढी मुद्दा दर्ता भएका छन् । चालू आर्थिक बर्ष २०८१÷०८२ को साउन महिनादेखि चैतसम्म नौ सय १७ बढी मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ ।चालू आर्थिक वर्षको […]

सम्पादकीय: सडक दुर्घटना न्यूनिकरणमा ध्यान देऊ

नेपाली नयाँ वर्ष २०८२ सोमबारबाट सुरु भएको छ । विगतका वर्षहरु झै २०८१ को वर्षभर कर्णाली प्रदेशलाई सडक दुर्घटनाले सताई रह्यो । २०८१ शुभारम्भदेखि अन्त्यसम्म कर्णालीमा सडक दुर्घटनाका कारण ठुलो संख्यामा जनधनको क्षति भएको छ । ट्राफिक प्रहरीको तथ्यांक अनुसार कर्णाली प्रदेशमा २०८१ मा ६ सय २२ सडक दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी […]

वैशाख ३, ४ र ५ गते कर्णाली एजुकेशन एक्स्पो हुने

सुर्खेत । बैशाख ३, ४ र ५ गते सुर्खेतको वीरेन्द्रनगरमा एजुकेशन एक्स्पो हुने भएको छ । कर्णाली विकास केन्द्रको पहलमा वीरेन्द्रनगर नगरपालिका र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा तीन दिने एकुकेशन एक्स्पो हुन लागेको हो । एकुकेशन एक्स्पोको अवसरमा शिक्षाविज्ञ, जनप्रतिनिधि, अभिभावक र विद्यार्थीहरुबीच शिक्षाको नीतिगत व्यवस्था, कर्णालीको शैक्षिक अवस्था र समाधानका विकल्पका बारेमा […]

कालीकोट कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

कालीकोट । जिल्ला कारागार कालीकोटमा क्षमताभन्दा तेब्बर कैदीबन्दी बस्दै आएका छन् । जिल्ला कारागारमा २२ जनाको क्षमता भए पनि अहिले ५२ जना कैदीबन्दी रहेका हुन् । जिल्ला कारागारको क्षमता १५ जना पुरुष र सातजना महिला गरी २२ जनाको हो ।

‘नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव हो’

कर्णाली, १ वैशाखः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नववर्ष २०८२ सालका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायु जीवनको शुभकामना व्यक्त गरेका छन् ।

कर्णालीलाई सडक दुर्घटनाले सताएको वर्ष–२०८१

ओम शाहीसुर्खेत । कालीकोटमा गएको २५ कार्तिक २०८१ मा बोलेरो जीप दुर्घटनमा प¥यो । पलाता गाउँपालिका–५, खिनदेखि थिर्पुतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जीप वडा नम्बर ३ को राडु भन्ने स्थानमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी सात जनाको मृत्यु भयो भने १३ जना घाइते भए ।६ जनाको घटनास्थलमै […]

सम्पादकीय :२०८२ कर्णाली समृद्धिको मियो बनोस्

नेपालले आफ्नो मौलिक पात्रो अनुसार नयाँ वर्ष २०८२ को स्वागत गरिरहेको छ। नयाँ वर्ष केवल पात्रोको पाना पल्टिने दिन मात्र होइन, यो विगतको मूल्यांकन र भविष्यको नयाँ संकल्प गर्ने महत्वपूर्ण अवसर हो। यस वर्षलाई हामीले कर्णाली समृद्धिको मियो बनाउने अवसरका रूपमा लिनु आजको आवश्यकता हो।विगतका वर्षहरूमा हामीले थुप्रै उतार चढाब देख्यौं। राजनीतिक अस्थिरता, बेरोजगारी, महंगी, […]

सुदूरपश्चिममा आज बिसु पर्व मनाईंदै

कञ्चनपुर । देवर भाउजूबीचको स्नेह दर्शाउने पर्व बिसु आज सुदूरपश्चिम प्रदेशमा मनाईंदै छ । नयाँ वर्षको पहिलो दिन बिसु पर्व मनाइने गरिन्छ । उनका अनुसार एकले अर्कालाई सिस्नो लगाउँदा वर्षभरिमा शरीरमा चर्म रोग नलाग्ने जनविश्वास रहिआएको उनले बताए । बिसुका अवसरमा देउडा खेलिन्छ । सुदूरपश्चिमको विशेष परिकार भातसँगै गतानी डुब्का खाने गरिन्छ । बिसुका अवसरमा […]

आजदेखि नव वर्ष २०८२ प्रारम्भ

काठमाडौं । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत […]

एक्स्काइभेटर पल्टिँदा चालकसहित दुई जनाको मृत्यु

सुर्खेत। हुम्लामा एक्स्काभेटर पल्टिदा चालकसहित दुई जनाको मृत्यु भएको छ । चङ्खेली गाउँपालिका–२ को लोतीको सडकबाट एक सय मिटर तल खस्दा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । कर्णाली प्रदेश नम्बर २–०३–००१ क ०९७५ को एक्स्काभेटर दुर्घटनामा परि मृत्यु हुनेमा चङ्खेली गाउँपालिका– २ का ३१ वर्षका अर्जुन कामी र ४५ वर्षका परवल […]