महिला स्वास्थ्य स्वयंसेविको सेवालाइ कदर हुनेगरी बजेटमा सम्बोधन गरिनेछः मन्त्री भण्डारी

सुर्खेत। महिला स्वास्थ्य कार्यकर्ता (स्वयंसेवी)को सेवालाई कदर हुनेगरि बजेट तथा कार्यक्रममा सम्बोधन गरिने सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रतिवद्धता जनाएका छन् । बिहिबार मन्त्री भण्डारीलाइ माग तथा सुझाव पेश गर्न पुगेका नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा)मा आवद्ध सुर्खेतस्थित स्वयंसेवीहरूसँग प्रतिवद्धता जनाएका हुन् । नागरिकको स्वास्थ्य उपचार तथा प्रवर्द्धनमा स्वयंसेवीहरूको भूमिका उल्लेखनिय रहेको बताउँदै उनिहरूलाइ राज्यका […]

स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा आज विदा

वीरेन्द्रनगर । नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ७ मा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका राधिकाकुमारी सिंहको मृत्यु भएका कारणले आज (बिहिबार) उप–महानगरपालिकामा शोक विदा दिइएको छ । बुधबार सिंहको उपचारका क्रममा मृत्यु भएको थियो ।उप–महानगरपालिका नगर कार्यपालिकाको कार्यालय र उप–महानगरपालिका अन्तर्गतका २३ वटै वडा कार्यालयहरुवाट प्रदान गरिने अत्यावश्यक सेवाहरुबहेक अन्य सम्पूर्ण सेवाहरु बन्द रहने, साथै पूर्वनिर्धारित कार्यक्रमहरु […]

विपद्जन्य घटनाबाट जोगिने उपाय सिकाउँदै नेपाली सेना

कञ्चनपुर । विपद्जन्य घटनाबाट जोगिने उपाय सिकाउन नेपाली सेनाको भगतपुरस्थित श्रीदल गुल्मले जिल्लास्तरीय सामुदायिक विपद् प्रतिकार्यसम्बन्धी तीन दिने तालिम सञ्चालन गरेको छ ।

गिडिदह भ्रमण वर्ष २०८२ घोषणा: समृद्धिको आधारशिला बन्ने

गोल्डेन बुढाजुम्ला । जिल्लाको प्रशिद्ध पर्यटकी स्थल गिडिदहको पर्यटन प्रवर्द्धनका लागि तातोपानी गाउँपालिकाले गिडिदह भ्रमण वर्ष २०८२ शुभारम्भ गरेको छ । कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले गिडिदह भ्रमण वर्ष २०८२ को शुभारम्भ गरेका छन् । यो अभियानले आन्तरिक तथा बाहृय पर्यटकलाई गिडिदहमा पुगेर प्राकृतिक सुन्दरतासँग रमाउन उत्साहित बनाउने उनको भनाइ थियो । उनले भने, ‘कर्णाली […]

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

हुम्ला । हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली गाउँपालिका–३ स्थित गोठभित्र पुरिएर २६ बाख्रा मरेका छन् । अदानचुली–३ का आइते बुढाको गोठभित्र रहेका ७० बाख्रामध्ये २६ वटा बाढीपहिरो आउँदा पुरिएर मरेका हुन् । भेडिगोठभित्र पहिरो पस्नुका साथै गोठ भत्किँदा २६ बाख्रा मरेका पीडित किसान बुढाले बताए । गोठभित्र रहेकामध्ये २९ वटा बाख्रा गाउँलेको सहयोगमा […]

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित रानीजरुवामा सडक निर्माणका लागि दबाब दिन सडकमै केरा रोपेर विरोध जनाइएको छ । बोलपत्र आह्वान भएको तीन वर्ष बित्दा पनि निर्माण नभएको भन्दै स्थानीय युवाहरुले विरोध जनाएका छन् । पटक–पटक सम्बन्धित निकायलाई झक्झक्याउँदा पनि चासो नदिएपछि बुधबार स्थानीयले एक घण्टा सडक चक्काजाम गर्नाका साथै सडकमा केरासमेत रोपेका थिए ।

चिसापानी मोहन्याल सडक स्तरोन्नति गरिँदै

सुदूरपश्चिम । चिसापानी–मङ्गलसैन सडकअन्तर्गत कैलालीमा पर्ने १६ किलोमिटर लामो खण्डको स्तरोन्नतिको प्रक्रिया अघि बढेको छ ।

उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

काठमाडौँ । कर्णालीसहित देशका विभिन्न भूभागका जैविक उत्पादन यहाँ उपलब्ध भएको छ । जैविक कृषि उपजको प्रयोग र प्रवद्र्धनमा केन्द्रित काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाअन्तर्गत कपनमा ‘मौलिक बजार’ सञ्चालनमा आएको छ । देशका ७५३ वटै पालिकाबाट सङ्कलन गरिएका जैविक उत्पादनलाई उपभोक्तासम्म पु¥याउने उद्देश्यले सञ्चालनमा आएको बजारमा जुम्लाको मार्सी चामल, हुम्लाको सिमी, मुगुको कोदो, डोल्पाका जडीबुटीलगायत खाद्यान्न पाइन्छ […]

शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावित

कञ्चनपुर । शिक्षकको काठमार्डौँ केन्द्रित आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित बनेको छ । सरकारले यही वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको तयारी गरे पनि शिक्षक आन्दोलनमा हुँदा भर्ना अभियान प्रभावित बनेको हो ।

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित धौलापानीमा रु ५७ लाख ६१ हजार लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ । कृषिका माध्यमबाट किसानको आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित उक्त आयोजना निर्माण गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए । कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा ९रेरास० परियोजनाको सहयोग र गाउँपालिकाको समन्वयमा पचास घनमिटरको रिजर्भ ट्याङ्की […]

शिक्षा सुधारका लागि सबै जिम्मेवार बन्न आवश्यक छ

सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले शिक्षा सुधारका लागि सबै जिम्मेवार बन्न आवश्यक रहेको बताएका छन् । सुर्खेतको रेन्द्रनगरमा आजदेखि सुरु भएको कर्णाली एजुकेशन एक्स्पोको उद्घाटन शत्रमा बोल्दै उनले आफ्नो भूमिका अनुरूपको जिम्मेवारी पूरा नगर्दा शिक्षामा वितृष्णा जागेको बताए ।ढुङ्गे युगदेखि सूचना प्रविधीको युगमा प्रवेश गर्दैगर्दा पनि सोहीअनुरुप शिक्षा बढोत्तरी परिवर्तन […]

जमुनाह नाकामा कडाइ

बाँके । सीमावर्ती भारतीय बजार रुपैडिहामा किनमेल गर्न जाने नेपाली उपभोक्तालाई निरुत्साहित गर्न नेपालगन्जस्थित जमुनाह नाकामा कडाइ गरिएको छ । दैनिक उपभोग्यलगायत सबैजसो खाद्यवस्तु भारतीय बजारबाट नेपाल भित्रिँदा भन्सार राजस्व र नेपालगन्जको व्यवसायमा असर पुगेपछि मुख्य भन्सार नाका जमुनाहमा कडाइ गरिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए । “एक सयभन्दा बढी मूल्यको वस्तु नेपाल […]

पन्ध्र करोड ४६ लाखका पा्ययपुस्तक बिक्री

कैलाली । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले रु १५ करोड ४६ लाख ७४ हजार ११७ बराबरका पा्ययपुस्तक बिक्री गरेको छ । केन्द्रले नयाँ शैक्षिकसत्र २०८२ का लागि सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा स्थानीय पुस्तक विक्रेतामार्फत उक्त मूल्यका पा्ययपुस्तक बिक्री गरेको हो । गत चैत १७ गतेबाट पा्ययपुस्तक बिक्री सुरु गरिएको र चैत मसान्तसम्म […]